कार्तिक १० काे खुसी


कार्तिक ११, २०८१, आइतबार | विहान १०:१० बजे | 40


कार्तिक १० काे खुसी

कुमार लघु, ख्वप आज मिति २०८१/०७/१० गते ,यो कार्तिकको महिनाधान काट्ने मेलो रहयो। खेत त फाँटै थियो। अाफ्नाे भागमा ज जति थियो सबैले आ आफ्नो काट्न कसैले कसैसित सोध्न पर्दैन् । हिजा कार्तिक १० गते धानको मेलोमा सहभागी हुन्दा मन भारी थियाे । आफू एक्लाे के गरि काम सक्याउने भन्ने योजना मै थियो। विना योजनामै धान काट्ने दिन ताकियो आफ्नै श्रीमतीले अब प-र्यो फसाद अधिल्लो दिनै सहयोगीहरू लिन पातीमा १ घण्टा वसियो । अह भेटिएन ...... रातीकोसमय थियो अाएर विस्ताराम अल्टिए । निन्द्राले छाोपि हाल्यो । विहान ५ वजे घरवाट निक्ले र दतात्रय पुगे। दत्तात्रय १फन्को कारे । केटाहरू दत्तात्रयको अगाडि झोला बोकेर उभिरहेका थिए । मैल ए केटाहरू काम पायो ? पाए भन्नू भयो फेरि पातीमा गई सोधे । त्यहाँकाले पनि काम भयो भन्यो । मेराे पालो दत्तात्रयवाट लखरक लखरक बजारै बजार हिडेर विश्र्व सम्पदा क्षेत्र टाैमढी पुगे यताउती डुले काेही भेटिन्दैन् । मानिसहरू आ आफ्नाे काम र दर्शन गर्नै व्यस्त थियो। मानिसहरूकाे लर्को , तरकारी वेच्नेहौकाे आ आफ्नो स्थानमा किन वेच्चमै पैसो तान रडाको थियो । त्यसलाई छोडेर घ, पुगे आेहो सहयोगी त छैन् है भनी श्रीमतीलाई भने कराए तिमी विना सिती मेलोमा आउन नभईकन कामको निधो गर्छाै ल भनी फट् फटाए यता तरकारी अचार विस्तारै तयार पार्दै थियो। फेरि यता पखाल यता त्यारो ल्याऊ भनेर काम अर्यायो । मेरो पालो काममा सघाउन थाले एक आपिमा उसले मलाई मैले उसलाई बेमेल भएको कुराकानीले छप्काउन थाल्यो मैले कहाँबाकी राखि र खाना खाजा तयार भयाे ९ बज्यो । एकछिन दुबैले दिन निश्चित गरीमात्र मेलाेकाे ठकान गर्नु पर्ने भने र उसले मत्ले त अस्ति नै भनेको कुरो गरे । ल भयो खाना खाऊ , भन्दै गर्दा ,उलसे दिदीकाे दाईलाई जसरी नि तपाईं र एक जना समाथी लिई आउनु र आज सक्याउनु पर्छ भनेको छु भनेकोमा दाइ र दाईको साथी लिई आउने भन्याे । सासू सालि आउने भन्यो । मेरो पालो छाेराछोरीलाई फोनलाई फोन गरे । फाेनमा नानी बाबू आज धान काट्ने तिमीहरू चाँडै आउनु भनेर भने ल मैले पनि छोराछोरीहरू आयने भयाे भने । छोराछोरीको आमा खुसी भयाे। खाना खाए खेतमा लग्नु पर्ने सरसामानहरू लिई आैषधि खाई दुबै सड्मा आई खेत तिर लागे । खेतको खलामा पुगेर धमाधम धान काट्न वसे । हिजोको धान कटाईले हातले त दु:ख पाई सुनेर बायाँ हातले कम मात्र काममा सहयोग भैरहेको अनुभूति भैरहेको थियो। दु:खकोलाई पनि सहेर श्रीमतीलाई आेहो हात दु:खी रहेको छ । हे भने उिले पनि अाफ्नै व्यथा कथा तयार पार्दै सुनायो । मैले सुने अाईमाईलाई हामीलाई भन्दा डबल दु:ख हुन्छ भन्ने थाहा थियो । वडारकुडार भित्री अन्तर्मनमा आफ्नै दु:ख च्यापेर कसेको कथा सुने । अर्काको श्रीमतीले घर वसी आनन्दले जीवन वताई रहेको छ । हामीले मात्र किन यतिको दु:ख व्यहाेर्न परेको कुरा सुनायो खेत वेचर बैङ्कमा पैसा राखेर खाई राखे हुन्थाे भने कुरा प्रस्ट्यायो । ल ठिक छ देशकाे स्थिती राम्रो छैन् है खेत बेचेर पैसा बैङ्कमा पैसाे राख्न हुन्दै किन कि कुनै बेङ्क पनि गतिलो छैन् है हाम्रो पैसो बोकेर कुलेलुम थोक्छ अनि हामीले कहाँ खोज्न जाने भन्दा चुप बसे । मैले भने बैङ्कमा पैसा राख्न हुन्दैन् भने । यसरी गफ छलफल गर्दा गर्दै खेतमा पुगे । आवश्यक तयारीका साथ हसियाँ निकालेर धान काट्दै हिजो आमा बुबा बाज र बजैले भनेको कुरा यादगर्दै काम गर्दै मुठ्ठा काटे पछि छोराछोरीहरू आउने घरवाटोमा अाँखा घुम्मारहे । टुपुल्क सासू सासू दिदीकाे श्रीमान् र साथी १ जना थपेर मन अलि हलुका भयाे । ३० मिनेट १ घण्टामा फेरी दुई छोराहरू आई पुग्याे । भित्र मनले खुसी छाईरहेयो । छोराहरू दुई जना आएपछि मेशिन तयारी र खल्लामा पाल बोरा आेछ्याई बल्ल धान चुट्न सुरू भयाे । मैले अलि धुमाए जेठो छोरालाई मिशिन लाउन छरआेसार्न लगाए ड्यामका ड्याम छाेरा र सासू दाईकाे साथीले मेशिन लगाई रहयाे ।सानो छोराले काट्दै गर्दा जेठी छोरी र नातिनी टुपुल्क आई पुग्याे। मुठा दिन सासू आमाले जिम्मा लिए । श्रीमतीले मुठा दिन्दै गर्दा सालि बहिनी कमल आई पुग्यो । खलामा भान तान्न वसे । केलाउ थाले काम सुरूसुरू अगि वढ्याे । छोरी निलाले कट्ने र मुठा दिन्दै धान चुट्ने काम सर्लक्क सक्यो। त्यति वेला एक छिन आराम गरियो अचार पानी र मसला पनि खिईयो पिईयाे । सबैले धान जम्मा गरेकाे बेराहरू तलको हाकुवा राखने ठाउँमा पु-र्यो । मेशिन मैले र सासू दिदीकाे श्रीमान् ले बोकी खेतमा पु-र्ये । हिज‌ काटेकाे खलाेमा मेशिन चलाई ३:३० तिर हाकुवाकाे कुनि लगायो । त्यहाँ ज्वाइँ इन्द्र आईपुग्यो मलाई सघाउ पुग्याे । नल निकाल्ने र धान कुनिमा थुपार्नेमा थप सहयोग पुग्यो । फेरि बगरमा ६ अाना जति को धान थानको लाउन बाकी रहयो । त्यहाँ पनि अाधा काटि सकेको थियो । सबैले धनधोर एकछिनै अा,ाम नगरी पालैपालो गरि छोरा , इन्द्रले मेशिन चलाई ५ वजे जस्तै त्यो दिनको धान चुटाई सक्यो । सबैले आ आफ्नो ठाउँमा वसेर आआफ्नो जिम्मेवारी पूरा गरेपछि असम्भव काम पनि सकिन्छ। एकले गरे केही हुन् सबैले गरे काम कठिनाई काम पनि सकिन्छ । तल्लाे गरामा धान चुटदै गर्दा कृष्णमाया शिल्पकार सुटुक्क आई पुग्यो खलामा वसेर धान जम्मलगरी बाेरामा भर्न थाले । त्यो साँझ सबैले सर साकान लिएर घरमा आउन धान ठूल्लाे र सानो छाेराहरू निर्मल र अमितकुमार लघुले आेसारेर धान घरमा पु-र्यो । यसरी काम सिधेकोले मलाई र जहानलाई अति खुसी लाग्याे । राती उठ्न वस्न कति गाह्रो भयो बयान गरेर साध्य छैन् । काममा सघाउने सबैलाई धन्यवाद छ । सबैको जिवनमा खुसीले साथ पाईरहुन । त्यो खुसीको क्षणलाई जिवनभर साँचेर राख्नेछु। धन्यवाद , २०८१/०७/११ गते भक्तपुर - २ ।

Comments