पाठकपत्र ः सम्पदा संरक्षण गर्नु गलत थियो ?
कार्तिक ८, २०८१, बिहीबार | विहान ०८:१९ बजे | 25
आ.के. विद्रोही
भक्तपुर नगर आठौं शताब्दीमा स्थापना भएको ईतिहासविद्हरुको भनाई छ । यस्तो सदियौं ईतिहास बोकेको नगर भित्र रहेको मठ–मन्दिर, पाटी–पौवा, पोखरीहरुको संरक्षणको लागि जिर्णोद्धार गर्ने, मर्मत गर्ने कार्य नगरपालिकाले गरिरहेको सबैमा सर्वविदित्तै छ । यसमा कसैलाई द्विविधा नहोला । अमेरिका पत्ता नलागेको बेला यहाँ भार्वाचो गेट बनिसकेको थियो । त्यति वेलादेखि कला संस्कृतिकमा अब्वल र स्वर्णयुगमा बसेकाहरुलाई शाह बंशले उपत्यका आक्रमण गरि यहाँका सम्पदा, कलासंस्कृति मात्रै मासेन बरु सबै ईतिहास बोकेका ग्रन्थ, बस्तुशास्त्र सबै आगो लगाएर नष्ट गरे भने शिक्षाबाट बञ्चित गरेर अंध्यारो र काल कोठरीको जीवन विताउन बाध्य बनाए । यसैसंग सम्बन्धि भाजु पोखरी बम बारुद्ध राखेर ध्वस्त पारेको ईतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले भाजु पोखरी जिर्णोद्धारको क्रममा बताउनुभएको थियो । जसरी एउटा भाषा बन्न हजारौं बर्ष लाग्छ त्यसरी नै एउटा सम्पदा बन्न सयौं बर्ष लाग्छ । युनेस्कोले सयौं बर्ष भन्दा पुरानो भएको कलासंस्कृतिलाई मात्र सम्पदामा उल्लेख गर्न कोशिस गर्छ । त्यसको एैतिहासिक र धार्मिक हिसाबले छुट्टै महत्वपनि बोकेको हुन्छ । ८००(आठ सय) बर्ष पुरानो भनिएको भाजु पोखरी जिर्णोद्धार भई उद्घाटन समेत भईसकेको स्थानमा दक्षिण तर्फको पोखरीको डिल नखोल्दा आन्तरिक एवम् बाह्य पर्यटकहरुले गुनासो गर्दै जाने गरेकोले स्थानीयहरुको पहल नगरपालिकाले उक्त डिल खोल्ने कार्य भयो ।
नेवार समुदायले निर्मित उक्त सम्पदा बारे ईतिहास नपढेको र सम्पदा बारे अध्ययन नगरेका गैर नेवार समुदायलाई त झन बाल मतलब हुने नै भयो । त्यसैको नतिजा हिजो २०८१।७।७ गते भाजु पोखरीको डिल खोल्दा स्ववियुका विद्यार्थी भनाउँदाको उस्काहतमा लागेर भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख अवरोध गर्न डोजर चलाई रहेको ठाउँमा कुर्सी ल्याएर बस्न आयो । डोजरले लाग्ला भनेर उठाएर छेउमा राखेकोलाई दुव्यवहार भयो भनेर हल्ला पितियो । विभिन्न संचारमाध्यममा भनेर त्यहाँको वातावरण उत्तेजित पार्ने काम भयो । भक्तपुर क्याम्पसमा मानविकि अन्तर्गत ईतिहास र सम्पदाको बारेमा अध्यापन हुन्छ । त्यस्तो क्याम्पसको प्रमुख भएर आएपछि सम्पदा बचाउने र क्याम्पसलाई सुरक्षित गर्ने, विद्यार्थीहरुलाई राम्रो शिक्षा दिने वातावरण तयार गर्ने दायित्व क्याम्पस प्रमुखको हो । तर उल्टो स्ववियुका विद्यार्थीको उत्सकाहतमा प्रहरी प्रशासन बोलाएर मुठभेदको स्थिति ल्याउने वातावरण बनाउन क्याम्पस प्रमुखले भुमिका खेल्यो । असल राजनीति गर्नु पर्नेमा कुनीति तर्फ क्याम्पस प्रमुख मोडिएको अनुभव भयो । हात्तिको देखाउने दाँत र चपाउने दाँत भन्ने जस्तै शासक नेताहरुको भनाई गराई फरक भए जस्तै सम्पदा र इतिहास पढाउने कलेजले सम्पदा संरक्षणमा ध्यान दिनुको सत्ता वातावरण विथोल्ने कार्य भएको महशुस भयो ।
म पनि स्थानीय गैर नेवार हुँ । तर सम्पदाको महत्व बुझ्ने कोशिस गर्दैछु । त्यसमा पनि एक जना बनमाला थरका प्रहरीले चलि रहेको डोजर माथि गएर गुण्डाशैली प्रदर्शन गर्यो । मुस्कान सहितको प्रहरी सेवा भने तर गर्ने बेलामा मनपरि भएको पाइयो । अझ भनौं त्यहाँ स्थानीय जनता अझ अक्राशित भएको ज्यान जाने समेतको स्थिति आउन सक्थ्यो । यस तर्फ प्रहरी प्रशासनले ध्यान दिएन । एक तर्फि क्याम्पसको कुरा सुनेर नेकाको गृह मन्त्री भएकै भरको अहंमता बोकेर त्यसका विद्यार्थी संगठनले उचालेको भरमा प्रहरीले त्यसरी चल्नु हुने थिएन । कसैको पक्ष नलिई सत्यतथ्य बुझेर शन्ति सुरक्षा कायम गर्नुपर्ने प्रहरीबाट यस्तो आश गर्न सक्दैन । उनीहरुले निष्पक्ष ढंगले जनताको सेवा गर्दैन भने प्रमाण यही हो जस्तो लाग्यो ।
भाजु पोखरीको डिल क्याम्पसले कभर गरेपनि वेकाम बनाई झारपाट उमारि राखेको थियो । त्यो डिल त्यसरी फोहर बनाई क्याम्पसलाई पनि असुरक्षित राख्नुको सत्ता नगरपालिकाले व्यवस्थित डिल खोलेर क्याम्पसको सुरक्षाको लागि पर्खाल लगाउने योजनामा अवरोध गर्नु स्थानीयले अनुचित भएको सुनायो । भक्तपुर नगरपालिकाले पर्तिजग्ग संरक्षण, सम्पदाहरुको जिर्णोद्धार, पुनःनिर्माण र संरक्षण गर्ने काममा क्याम्पसले त्रिभुवन विश्वविद्यालयलाई देखाएर पन्छिने काम भएको गुनासो समेत गरे । त्यसैले सम्पदा खोल्ने कार्य भएपनि क्याम्पस भएपनि दुवै सरकारी सम्पत्ति हो । क्याम्पसले सम्पदा संरक्षण गर्न नसकेकोले नगरपालिकाले संरक्षण गर्दा टाउको दुखाई किन ? प्रतिप्रश्न गर्न मन लाग्यो । धन्यवाद !