पोर्दुगलबासी नेपालीको पीडा ः हामी डटेर लडदै छौं


कार्तिक ७, २०८१, बुधबार | विहान ०६:४४ बजे | 55


पोर्दुगलबासी नेपालीको पीडा ः हामी डटेर लडदै छौं

पारस न्यौपाने
आदरणीय पोर्तुगलवासी दाजुभाइ तथा दिदीवहिनीहरु तथा पोर्तुगलमा रहेका एन आर एन ए लगायत सम्पुर्ण संध संस्थाकाका पद्दाधिकारीज्युहरुमा मेरो सादार नमस्कार । 
यहांहरुसंग यो विनम्र अनुरोध गर्न गईरहेको छु कि वाणिज्यदुतावास वन्द भए पश्चात एन आर एन ए पोर्तुगलको समन्यमा फ्रारान्स दुतावासको धुम्ती टोली कागजपत्र प्रमाणीकरणको लागि आयो । त्यसको व्यवस्थापन एन आर् एन ए ले गर्यो । तर अर्कै शैलिवाट भोलेन्टियपको संज्ञा दिएर एउटा जथालाई विल्ला भिराएर नेपाल सरकारलाई तिनुपर्ने राजस्व वाहेक कसैवाट १० युरोदेखि पचहत्तर युरोसम्म असुली गर्ने गरी तत्कालिन एन आर एन अध्यक्ष उमेश खड्काले एउटा सामाजिक सस्था गुन्डाहरुलाई टेन्डरमा दियर संस्थाकै वद्नाम गरेको सवैलाई सर्वविभिदै छ । तर पोर्तुगलमा भयका अरु संध संथाहरु पनि यिनीहरुको डर धम्कीले गर्दा चुपचाप वसिरहेको पाइएको छ । यहा एन आर एन ए पछिका संधसंस्थाहरु, जनजाति महासंध, मगर समाज पोर्तुगल, म्याग्दी समाज, वाग्लुड्ग समाज, पुर्वेली समाज, लम्जुड्ग , समाज, तनहु समाज, झापाली समाज छन् । 
त्यस्तैगरी नेपालका प्रमुख राजनैतिक पार्टी नेपाली काग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समिति, नेकपा एमालेको एन डिएफ प्रवासी नेपाली मंन्च, माओवादीको पनि तैचुपमैचुप छन् । किनकि पोर्तुगलमा आयका सवै नेपालमा हप्ता उठायर गुजारा गर्नेदेखि पेस्तोल देखायर वालुवा खानी हान्नेसम्म गुन्डाहरु एकछत्र भएको कारण यो भएको भन्ने सवैले वुझेका छन् ! तर यो विथिती विसंगतिको विरुद्ध चिर्न १२ वर्षदेखि पोतुगलमा वसोवास गदै आयका एक निडर युवा गुन्डाहरुले ज्यान मार्ने धम्की दिदा पनि आफ्नो ज्यानको तिलान्जलि दिएर लागिपरे र उनलाई सिद्धायाउन वद्नाम गराउन ऊमेश खड्काको गिरोह फेक टिक टक र एन आर एन को फेसवुक पेजवाट समेत वदनाम गराउन पछि परेन । 
त्यही पनि निडर अडिक रहेर वेथिति र विसंगति लुटतन्तरको विरुद्ध लडिनै रहे । त्यसको फलस्वरुप शम्झौता विपरीत समझदारीलाई लत्यायर एनआर एन कव्जा गरेको उमेश खड्का आजवाट एन आर एन अफिसमा छिर्न नपाउने गरी दिपा काफ्लेले अफिसमा तालावन्दी गरेकी छन् भने फ्रान्सस्थित दुतावासले एन आर एन लाई वनेका पास्पोट नदियर सम्वन्धित निवेदकहरुलाई दिने भयको सुन्नमा आयको छ ! हेरौ अव गुन्डाराजको अन्त्य अवश्य हुनेछ । 
यो कार्यको श्रेय केशव प्रसाद वास्तोलालाई जानेछ ! नेपालमा होस् वा प्रवाशमा एमाले, काग्रेस, माओवादी, राप्रपा, रास्वपा, जुनसुकै पार्टीहरुले आफ्नो नेता कार्यकर्ताहरुलाई अफ्ट्यारो पर्दा लाम लस्कर वाधेर जुलुश धर्ना दिन्छन् तर पोर्तुगलमा आम सर्वशाधारणलाई गुन्डाहरुले लुट्टतन्तर मच्चाऊदा एन आर एन को कोष हिनामीना गर्दा न कुनै संध सस्थाका अध्यक्षहरु वोले न कुनै राजनैतिक सम्वद्ध व्यक्तिहरु नै ? तर निडर र निश्चल स्वभावका केशव कहिल्यै नझुकी अडिक भयर लागिनै परे र गुन्डाहरुलाई चितरवितर पारेर ठेगाना लगायरै छाडे । त्यसपछि निडर महिला दिपा काफ्लेले एन आर एन कार्लयमा चावी लगाई दिनुभयो । 

फाेटाेमा हेर्नुहाेस्...

पोर्दुगलबासी नेपालीको पीडा ः हामी डटेर लडदै छौं

Comments