मिनबहादुरले एमालेलाई दिएको जग्गा मिनबहादुरको नभएको खुलासा


कार्तिक ४, २०८१, आइतबार | विहान ०२:५६ बजे | 35


मिनबहादुरले एमालेलाई दिएको जग्गा मिनबहादुरको नभएको खुलासा

काठमाडौं । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुगले नेकपा एमालेलाई पार्टी कार्यालय भबन बनाउन भनी दान दिएको कीर्तिपुरको १० रोपनी १४ आना जग्गा मिनबहादुरको नभएको खुलेको छ । कान्तिपुर टेलिभिजनले जनाए अनुसार त्यो जग्गा कालु गुरुगलगायतको रहेको जनाएको छ । सो व्यहोराको कथा आइतबार राति कान्तिपुर टेलिभिजनले प्रशारण गरेको थियो । 
दसैंताका उक्त जग्गामा एमाले केन्द्रिय कार्यालयको भबन बनाउन पार्टी अध्यक्ष केपी ओली र दाता मीनबहादुरको दुई दम्पतीले संयुक्त रुपमा शिलान्यास गरिएको थियो । 

Comments