बालाखु गणेश साकोसको वार्षिक साधारण सभा सम्पन्न


कार्तिक ३, २०८१, शनिबार | दिउँसो १२:२४ बजे | 15


बालाखु गणेश साकोसको वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । बालाखु गणेश  बचत तथा ऋण सहकारी संस्था लि.को १७ औ वार्षिक साधारणसभा भक्तपुर बैक्वेट इतापाखेमा सम्पन्न भयो । कार्यक्रमको  जिल्ला सहकारी संघ लि. अध्यक्ष धुर्व बहादुर रायमाझीले पानसमा दिप प्रज्वलित गरी  उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले बालाखु गणेश बचत तथा ऋण सहकारी लि.को साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्दै,बालाखु साकोस समुदाय आधारित संस्था भएको र सञ्चालकहरु निस्वार्थी छन शेयर  सदस्यहरुले चिन्ता लिन पदैन भन्नुभयो । 
    भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का कोषाध्यक्ष कान्छाभक्त घजुले जिल्ला संघले विभिन्न किसीमका तालिमको आयोजना गर्नुको साथै सहकारी ऐन  नियम र सिद्धान्तनुसार नचलेका संघ संस्थाहरुलाई कार्बाही गर्न आवाज उठाइरहेको छ ,भन्नुभयो । 
    मित्र सहकारी संस्था ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले स्थानिय दाजुभाईहरुको नेतृत्व रहेको समुदाय आधारित संस्थामा बचत गरे बचत र भविष्य सुरक्षित हुन्छ भन्नुभयो । 
कार्यक्रममा नेफस्कुनका प्रतिनिधि मन्दरा मिश्र, सल्लाहकार नयनसिह धामी , कानुनी सल्लाहकार अनिस सुवाल , बालमुकुण्ड  सुवाल ,बालाखु साकोसका सञ्चालक सचिव अनिल सुवाल, कोषाध्यक्ष राजेन्द्र सुवाल लगायतले संस्था गतिविधी बारे प्रष्ट पार्दै साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभयो  ।  कार्यक्रम  बालाखु साकोसका अध्यक्ष  सीताराम सुवालको सभापतित्वमा सम्पन्न भयो । साधारण सभामा  एसईई ,प्लस टु, स्नातक र स्नाकोत्तर उतीर्ण संस्थाका शेयर सदस्य र शेयर सदस्यका  छोराछोरीहरुलाई मायाकाो चिनो  मयुरको झ्याल उपहार दिई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता र ऋणकर्ताहरुलाई  पनि सम्मान गरिएको थियो ।

Comments

ताजा खबर