नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना
असोज ३०, २०८१, बुधबार | दिउँसो ०१:१३ बजे | 45
राष्ट्रपति रामचन्द्र पौडेल ले प्रथम महिला सविता पौडेलसहित भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । बडा दशैंको अन्तिम दिन अर्थात बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजा अर्चना गर्नुभएको हो । बडा दशैंको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित् नवदुर्गा भगवतीको पूजा अर्चना गर्ने प्रचलन छ । यसअघि राष्ट्रपति पौडेलले विभिन्न शक्तिपिठको दर्शन गरी पूजाअर्चना गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...