योगदानको २३ औं बार्षिक साधारणसभा सम्पन्न


असोज ३०, २०८१, बुधबार | विहान ०४:०८ बजे | 10


योगदानको २३ औं बार्षिक साधारणसभा सम्पन्न

राम चन्द्र प्रजापति भक्तपुर ।` एकको लागि सबै सबैको लागि योगदान ´´ भन्ने उद्द्घोषका साथ २०५७ सालमा स्थापित योगदान बचत तथा ऋण सहकारी संस्था लि तौलाछें ९ भक्तपुरको संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुको सभापतित्वमा २३ औं बार्षिक साधारणसभा सम्पन्न भयो।


कार्यक्रममा प्रमुख अतिथि संस्थाका जेष्ठ नागरिक बुद्ध लक्ष्मी प्रजापतिले पानसमा दीप प्रज्ज्वलित गरि उद्घाटन गर्नु भयो। प्रमुख अतिथि प्रजापतिले आज योगदान बचत तथा ऋण सहकारीको २३ औं  बार्षिक साधारण सभाको प्रमुख अतिथि भएर उभिन्न पाउँदा आफू भाग्यमानी र  खुशी  छु । अर्कोतिर दु:खद पनि छु। अहिले सहकारी संस्थामा पैसा राखेपछि आफुलाई चाहिने बेलामा नपाउने भने धेरै कुराहरू सुनेको छु । त्यस्तो समस्या योगदान सहकारीमा नहोस भनी शुभकामना छ।स सना पुजिलाई आर्थिक सामाजिक सांकृतिक रुपमा संस्थाले समाज बिकासमा योगदान पुर्याउन सफल संस्था योगदान सहकारी हो। तसर्थ सदस्यहरुको सदैब सेवा सुविधा आर्थिक पारदर्शिता सहकारीको सिद्धान्त मर्म र भावना अनुसार अगाडि बढन सकोस् भनि उहाँले  साधारण सभाको सफलताको शुभ कामना  दिनु भयो। कार्यक्रममा संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुले योगदान सहकारी संस्थाले समुदायमा सहकारी संस्थाको माध्यमले आर्थिक सामाजिक  सास्कृतिक रुपमा समाज  बिकासमा अग्रनी भुमिका महत्वपूर्ण खेलेको  बताउनु भएको छ। 
थोरै लगानी धेरै प्रतिफल योगदान सहकारी संथाले दिइरहेको छ । ठुलो ठुलो भवन तथा जग्गा हुदैमा संस्थाले सदस्यको सेवा राम्रो दिएको हुन्छ भन्ने हुदैन।सदस्यलाई सहकारीको माध्यमले आर्थिक प्रगति दिनु नै संस्थाको दायित्व हो।भक्तपुरका सहकारी संस्थाका कतिपय सदस्यहरुको आर्थिक प्रगति भन्दा सदस्यहरुको आर्थिक कमजोर हुँदै गएको पनि नभएको होइन संस्थाका सिमित व्यक्ति धनी हुँदै जाने र धेरै व्यक्ति गरिव हुँदै गएको पनि  पाइन्छन्न। तसर्थ त्यसो नहुनको लागि सदस्यहरुले संस्थाको बारेमा चासो दिनु पर्ने बताउनु भयो।त्यसैले सदस्यको सेवामुखी हुन संचालक समितिले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनु भयो। संस्थापक अध्यक्ष एवं सल्लाहकार राम चन्द्र प्रजापतिको करिव २७ बर्ष अघिको  योगदान साकोस स्थापनाका सपनाहरु उद्देश्यलाई साकार पार्न महिला नेतृत्वले पूरा गरेको अध्यक्ष लाखाजुले बताउनु भएको छ। सहकारी संस्थालाई सिमित व्यक्तिको नियन्त्रण राख्न सरकारले विभिन्न सहकारी नियन्त्रीत नीति नियम ल्याएको छ त्यस्ता नितिको विरुद्धमा सहकारीका अगुवा नेतृत्वले ध्यान दिनु पर्ने बताउनु भयो। त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष राम प्रजापति ,लेखा सुपरिवेक्षण समितिका संयोजक प्रविण प्रजापति,प्रवन्धक सरस्वती प्रजापतिले संस्थाको बार्षिक कार्ययोजना र पाँच बर्षे कार्यक्रम अनुसार अगाडी बढीरहेको छ र आगामी दिनमा संस्थाको अझ प्रगतिको शुभकामना व्यक्त गर्नु भयो। २३ औं बार्षिक साधारणसभाले लेखापरिकको लेखापरीक्षण प्रतिवेदन लेखा सुपरिवेक्षण समिति संयोजक प्रविण प्रजापति,सचिव कान्छी विति प्रजापति कोषाध्यक्ष आरती वासीले प्रस्स्तुत गर्नु भएको प्रतिवेदन पारित गरियो।

Comments

ताजा खबर