टाइम पास : थाहा पाई राखौं !
असोज २८, २०८१, सोमबार | विहान ०३:०४ बजे | 0
सुनील सापकोटा, कौसलटार
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।
मनुस्मृति ३/५६ ।
गत पचास बर्षमा हामिहरुले छोरा र छोरी लाई बराबर मानेको भए आज कन्याहरुको ब्यापक भ्रूण हत्या हुँदैन थियो। भारतमा एक शोधको रिपोर्ट अनुसार छोराको तुलनामा छोरी लाई पनि समान महत्व दिएको भए मात्र आज भारतमा ४.६ करोड छोरी बढी हुन्थे भनिन्छ ।
के तपाइँ लाई थाहा छ ? आज हाम्रो दुवै छिमेकि देशहरुमा भारत जस्तो स्त्री पूजक भनेर चिनिने संस्कारी देश र चिन जस्तो विकसित र ठूलो देशमा" परिवार नियोजन " र " वन चाइल्ड पोलिसी " ले यो बिचमा १२ करोड कन्याहरुलाइ जन्मन नै दिइएन वा जन्मे पछी पनि तीन / चार बर्ष भित्र उनीहरु लाई मारियो ।
त्यस्तै आज हामी जसलाई Missing Girl / women भनेर भन्दछौं त्यस्मा भारत र चिन लाई मात्र जोडने भने दुनियाँको ८३% प्रतिशत यी दुई देशमा मात्र Missing Girl / women हुँदा रहेछन् ।
त्यस्तै भारत र नेपालमा मात्र बर्सेनि हजारौं हजार केटीहरु दहेजको कारणले जलाइन्छन वा मारिन्छन। ८0% प्रतिशत बलात्कार हुने महिलाहरु आफ्नै नातागोता बाट वलात्कारमा पर्दा रहेछन् । कतिपय त महिला बेचबिखनको कारणले घर बाट नै वेपत्ता हुँदा रहेछन् । त्यस्तै कति महिलाहरु बेमेल बिवाह , बहु बिवाहमा परी पीडित भएर बसेका छन। अनि कैयौं महिलाहरु बोक्सीको आरोपमा मारिदा रहेछन् वा अपहेलित भएर समाजमा बाँचेको देखिन्छन।
हामी हिन्दुहरु आफुलाई स्त्री पूजक भन्छौं । " यत्र नार्यस्तु पूज्यन्ते , रमन्ते तत्र देवता " भन्छौं । दशैं नवरात्रीको बेलामा दस जाना देवीहरुको दस दिन पूजा गर्छौं ।यो सब हाम्रो नाटक मात्र रहेछ । दोहरो चरित्र रहेछ भन्दा केहि फरक न पर्ला ।