बिजया दशमी, शुभदिपावली, नेपाल सम्बत ११४५ तथा छठ पर्व २०८१ काे उपलक्ष्यमा शुभकामना आदानप्रदान
2024-10-10 04:02:39
आर.के. थिमि
बालबालिकाहरूलाई समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालित स्वप्न संसार स्कुल मध्यपुर थिमि बाेदेले बिजया दशमी, शुभदिपावली, नेपाल सम्बत ११४५ तथा छठ पर्व २०८१ काे उपलक्ष्यमा आज शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
बिद्यालय ब्यवस्थापन समिति तथा सञ्चालक समितिका पदाधिकारीहरूकाे सहभागिता रहेकाे साे अवसरमा बिद्यालयका प्रिन्सपल तथा सञ्चालक समिति अध्यक्ष कृष्णहरि घवा श्रेष्ठले मध्यपुर थिमिका बालबालिकाहरूलाई परम्परागत शिक्षा प्रणाली भन्दा अलि फरक किसिमकाे शिक्षा प्रदान गर्ने उद्देश्यले बिद्यालय सञ्चालकहुँदै आईरहेकाे बताउनुभयाे । उहाँले बालबालिकाहरूलाई सानैदेखि नै कितावी ज्ञानभन्दा पनि ब्यहारिक शिक्षा प्रदान गर्दै मानसिक रूपमा बाैद्विक विकास गर्दै लाने लक्ष्य अनुसार बिद्यालय अघि बढ्दै गईरहेकाे बताउनुभयाे ।
त्यसैगरी साेही अवसरमा बिद्यालय ब्यवस्थापक समितिका अध्यक्ष उमेश बस्नेतले बिद्यालय राम्राे बनाउन विद्यालय ब्यवस्थापन समिति, शिक्षकवर्ग तथा अभिभावकहरूकाे महत्वपुर्ण भुमिका रहेकाे भन्दै बिद्यालयले बिशेषत: बाेदे क्षेत्रमा शिक्षा प्रणालीमा परिवर्तन ल्याउनमा महत्वपुर्ण भुमिका खेलेकाे बताउनुभयाे भने
बिद्यालयका प्रबन्ध निर्देशक सरिता लामा श्रेष्ठले बिद्यालयका शैक्षिक गतिविधिका बारेमा प्रकाश पार्नुहुँदै बिद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै सामाजिक गतिविधिमा पनि महत्त्वपूर्ण स्थान दिएकाे बताउनुभयाे । उहाँले प्रत्येक बिद्यार्थीहरूकाे जन्मदिनमा सक्दाे आर्थिक सहयाेग जम्मा गर्ने एउटा काेषकाे स्थापना गरेकाे र जसमा एक बर्षकाे दाैरानमा ३३ हजार आर्थिक संकलन भईसकेकाे र त्यसमा बिद्यालयबाट पनि थप २० हजार रूपैयाँ जम्मा गरि ५० हजार रूपैयाँ निकट भबिष्यमै कुनै सामाजिक कार्यमा सहयाेग गर्ने बताउनुभयाे ।
प्रतिक्रिया