भक्तपुरका तीन नेतासँंग दसैं शुभकामना आदानप्रदान


असोज २२, २०८१, मङ्गलबार | विहान ०८:०४ बजे | 65


भक्तपुरका तीन नेतासँंग दसैं शुभकामना आदानप्रदान

भक्तपुर । भक्तपुरका तीनवटा राजनैतिक दलका नेताहरुसँंग मंगलबार भक्तपुरमा दसैं शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रम भयो । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले नेपाली कांग्रेस, एमाले र राष्टिय स्वतन्त्र पार्टीका तीन नेताहरुलाई आमन्त्रण गरेर संयुक्त रुपमा कार्यक्रम गरेको हो । 
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवं संघीय सांसद् दर्लभ थापा, नेकपा एमालेबाट प्रदेश सांसद एवं प्रदेश स्वास्थ्य मन्त्री किरण थापा एवं रास्वपा संसदीय दलका नेता सन्तोष परियारले शुभकामना मन्तव्य व्यक्त गरे । 
कार्यक्रममा यो वर्ष वरिष्ठ अधिवक्तामा पदोन्नति गर्न सफल भक्तपुरका ६ जना वरिष्ठ अधिवक्ताहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो । 

Comments