भेलुखेलमा रक्तदान ः ३७ जनाले दिए रगत
असोज २०, २०८१, आइतबार | विहान १०:४३ बजे | 45
भक्तपुर । हालैको अविरल बर्षाको कारण प्राकृतिक बिपदमा परी घाइते भएका नागरिकहरुका लागि रगतको अभाव हुन नदिन भन्दै राष्ट्रिय युवा सघं नेपाल भक्तपुर नगर कमिटिको आयोजनमा भक्तपुर नगरस्थित भेलुखेल योसिङ्खेलमा रक्तदान कार्यक्रम गरिउको छ । ने क पा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको प्रमुख अतिथित्यमा खुल्ला रक्तदान कार्यक्रम सब्य र भब्यका साथ सु–सम्पन भएको जनाइएको छ । कार्यक्रममा ३७ जनाले रक्तदान गरेको जनाइएको छ ।