सकियो झीगु बचत साकोसको साधारणसभा


असोज १९, २०८१, शनिबार | दिउँसो ०३:४४ बजे | 45


सकियो झीगु बचत साकोसको साधारणसभा

भक्तपुर । झीगु बचत तथा श्रृण सहकारी संस्था लिमिटेड गोल्मढी भक्तपुरको १७ औ वार्षिक साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । 
साधारणसभाको उदघाटन गर्दै संघीय सांसद प्रेम सुवालले सहकारी पीडितहरुको रकम सरकारी कोषबाट फिर्ता दिने चर्चा चलेको भन्दै त्यसो गर्न नहुने बताए । बरु सहकारी ठगीहरुकै चलअचल सम्पति जफत गरी बचत फिर्ता दिनुपर्ने बताए । 
उनले सहकारी ठगहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राखे । भक्तपुरमा सहकारी पीडितहरुलाई उल्टो टोपी लगाएर उहिल्यै कारबाही प्रसंग सम्झँदै उनले ऐन नियमका कडाइपूर्ण परिपालन हुनुपर्ने खाँंचौ औंल्याए । 
समुदायमा आधारित सहकारीलाई मात्रै विश्वास गर्नुपर्ने भन्दै उनले समुदायमा आधारित सहकारीहरु भाग्न नसक्ने बताए । समुदायकै मानिसबाट चल्ने भएकाले उनीहरु रकम लिएर भाग्न नसक्ने उनको भाई थियो । 
उनले समुदायमा आधारित सहकारीहरु तल्लो जनताको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । सहकारी भनेकै समुदायको भन्दै उनले समुदायको हित नगर्ने सहकारी काम नलाग्ने बताए । त्यसकारण सहकारीले नाफामा नभई समुदायको हितलाई सोचेर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, संस्थापक अध्यक्ष श्रीकृष्ण किसी, सल्लाहकार विश्वराम कवां, नाति कवांलगायतले बोल्नुभएको थियो । साधारणसभामा सचिव आशाकुमार चिकंबञ्जारले सचिबको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विष्णुप्रसाद किसी आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष नारायणप्रसाद कवांको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन कमिनिका न्याइच्याईले गरेका थिए ।   
आफूले संसदमा सहकारी ठगहरुलाई कारबाहीको माग राख्दा एमाले सांसदहरुबाट सहकारी विरोधी भनी विल्ला भिराएको उनले बताए । उनले सहकारीको रकम ठगी गर्ने नेता, कार्यकर्ता जोसुकैलाई पनि कारबाही गर्नुपर्ने माग राखे । 

Comments

ताजा खबर