खाने कप जतिसुकै सस्तो या महंगो होस कफिको स्वादमा केही फरक पर्दैन
असोज १९, २०८१, शनिबार | दिउँसो ०१:२१ बजे | 25
राम चन्द्र प्रजापतति
भक्तपुर
बिजया दशमी तथा शुभ दीपावली ने स ११४५ छठ लागाएत सम्पुर्ण पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा यस परिवर्तन समाज भक्तपुरको कार्य समितिका पढाधिकारी एवं सदस्यहरु पार्टी तथा विभिन्न सं सस्थामा निर्वाचित मनोनितलाई बधाई कार्यक्रम समाजका अध्यक्ष राम चन्द्र प्रजापतिको सभापतित्वमा महालक्ष्मी गेष्ट हाउस नागपोखरी भक्तपुरमा सम्पन्न भयो।
कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र १ का इन्चार्ज सोम प्रसाद मिश्रले शुभकामना सन्देशबाट उद्घाटन गर्नु भयो।
कार्यक्रममा समाजका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुर नगर कमिटीका उपाध्यक्ष राम चन्द्र प्रजापति
पार्टी नगर सदस्य उमा नेपाली
राकेश कोजु ,पुन्यराम सुवाल लेखा कमिटी सदस्य
पुन्यराम घटुव १० वडा कमिटी अध्यक्ष निर्वाचित भएकोमा बधाई तथा सम्मान गर्नु भयो त्यस्तै
गैरसरकारी संस्था महासघ भक्तपुर जिल्ला कार्य समिति सदस्य साजन श्रेष्ठ,भक्तपुर नगर व्यवसायी संघमा सचिवमा निर्वाचित अक्षय सुन्दर प्रजापति,लक्ष्मी शिलाकार पातन्जल योग समिति सदस्य,
अन्जना सिजख्व साथी ग्रुपको अध्यक्ष निर्वाचित हुनु भएकोमा प्रमुख अतिथिबाट बधाई तथा सम्मान गर्नु भएको थियो।
प्रमुख अतिथिले धेरै पैसा कमाउदैमा धनी हुदैमा तनाव नहुने होइन जे छ त्यसैलाई व्यवस्थापन गरि जीवन जिउन सिक्ने पर्ने कुरा बताउनु भयो।तपाई कफि खाने कप जतिसुकै सस्तो वा महगो होस कप राम्रो या नराम्रो होस कफि खादा कफिकै स्वादमा फरक केही हुदैन, कफि कफि नै हो। त्यसै कपकै कारण तनाव लिनु हुदैन । नराम्रो काम नगर्ने राम्रो काम गरेर समाजको परिवर्तन गर्न सकोस् भनि शुभ दशैं,तिहार,नेपाल सम्बत ११४५ छठ लगाएत सबै पर्वको सरल सहज रुपमा जिवनयापन गर्न सकोस र तनाव मुक्त गरि तथा आ आफ्नो व्यवसायको अझ प्रगति सफलताको शुभकामना दिनु भयो।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी भक्तपुर जिल्ला सह सचिव राम गोपाल चगुथी रोम्बस स्कुलका प्रीन्सिपल डा.राजेन्द्र कोजु,परिवर्तन समाजका उपाध्यक्ष सुनिता सायजु लक्ष्मी शिलाकार लगाएतले शुभकामना दिनु भयो।