सहकारीले धनी गरिबको दुरी कम गर्नु भूमिका खेल्नुपर्ने
असोज १९, २०८१, शनिबार | दिउँसो १२:५४ बजे | 40
भक्तपुर, १९ असोज । सुरक्षित बचत तथा ऋण सहकरी संस्था लि.को १४ औं बार्षिक साधारणसभा प्रमुख अतिथि ४ नं वडाध्यक्ष उपेन्द्र सुवालले पानसमा दिप प्रज्वलित गरी तलेजु बैंक्वेट गपलिमा शनिवार सम्पन्न भयो ।
प्रमुख अतिथि वडाध्यक्ष उपेन्द्र सुवालले समुदायमा आधारित सहकारीले सदस्यहरुको साना साना पुँजिहरु जम्मा गरी उहाँहरुको आवश्यकता पूर्ति गर्न त्यहि ऋण लिई समस्या समाधान गर्ने उद्देश्यले स्थापना भएकोले सहकारी मिलेर बस्ने ठाउँ, धनी गरिबको दुरिकम गर्ने सुरक्षित भविष्य उज्वल हुने बताउनुभयो । उहाँले विश्वासमा चल्ने भएकोले सहकरीमा संचालकहरुले उथलपुथल गर्न पनि सक्ने विगार्न पनि सक्ने भएकोले संचालक र कर्मचारीहरु इमान्दार, कर्तव्य निष्ठ हुनुपर्ने बताउनुभयो । उहाँले उत्पादन मुलक क्षेत्र लगानी नगर्दा अहिले सहकारीहरु विग्रिएको भन्दै सहकारी सिद्धान्त, मुल्य मान्यतामा चल्नु पर्ने बताउनुभयो । उहाँले साधारण सभामा सहभागी भई सहकारी बारे छलफल गर्नुृपर्नेमा वेवास्ता गर्दा सहकारी विग्रेकोमा सदस्यहरु दोषि रहेको बताउँदै व्याजको लोभमा निक्षेप गर्न नहुने बताउनुभयो । उहाँले स्थानीयबाट संचालित सहकारीहरु सुरक्षित रहेको बताउँदै सदस्यहरुले आफ्नो अनुकुल भए ठिक नत्र बेठिक भन्दा पनि सहकारी मुल्यमान्यतामा चलेको नचलेको हेर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीको ४२ प्रतिशत निक्षेप जोखिम हुनुमा ठुला दलका नेता कार्यकर्ताको सहकारीमा रहेको पैसा अपचलन र भ्रष्टाचारले भएकोले राम्रो शिक्षा दिनु पर्ने बताउनुभयो । उहाँले सहकारीको साधारण सभामा राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा जनाकारी दिनुपर्ने बताउँदै प्यालेष्टाइनमा इजरायलले गरेको नरसंहार विरुद्ध आवाज उठाउनुपर्ने र युक्रेन अमेरिकी कठपुटलि भई हतियारको व्यापारले विश्व आक्रान्त भएको साथै नेपालमा एमसिसि ल्याएर चीन विरुद्ध युद्ध छेड्न सक्ने बताउनुभयो ।
कार्यक्रममा अतिथि गपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले साधारण सभा भनेको पर्वको रुपमा लिई सदस्यहरुको हितमा आगामि बर्षको नीति तथा कार्यक्रमहरु पास गर्ने, गत बर्षमा भएको कमिकमजोरीहरु र संस्था अद्योगति र प्रगति विश्लेषण गर्ने ठाउँ भएको बताउँदै पल्र्स विश्लेषण नै सहकारी मुल्याङ्कन गर्ने अचुक उपाए भएको बताउनुभयो । उहाँले सहकारीहरु डुवेको अवस्थामा सदस्यहरुले सहकारी प्रति विश्वास घटेको अवस्थामा इमान्दार पूर्वक सेवामुलक ढंगले संचालन गरे सहकारी प्रतिको विश्वास कायम गर्न सक्ने बताउनुभयो । उहाँले सुनिश्चित भविष्यको लागि वचत भने नारालाई सार्थक समुदायमा आधार केन्द्रीत गरी अहिले सबैतिर मोबाइल टिभिले गर्दा मानसिक रोग बढीरहेको डाक्टरहरुको भनाई आईरकेकोमा साधारणसभा सामाजमा एक आपसमा धुलमिल हुने, मनका बह पोख्ने, साथीभाई, छरछिमेकी नातागोता भेटघाटले सामाजिक बनाउने बताउनुभयो । उहाँले दशैंको शुभकामना दिंदै खानपान स्वास्थ्यलाई ख्याल गरी भौतिकवादी दृष्टिकोणले मनाउनुपर्ने बताउनुभयो । उहाँले सहकारीले समाजमा शोषण नगर्ने, अन्याय नगर्ने, लुटपान नहुने, हत्या हिसां नहुने, लवाई खवाई सुसंस्कृत हुने आर्दश समाजको परिकल्पनाका साथ काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष रविन छुस्याकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी गायक हरिसुन्दर लाखे, लेखा परिक्षक शंखर बुढाथोकी, स्वागत गौरी छुस्याकी, धन्यवाद उपाध्यक्ष कृष्णप्रसाद न्हुछे, सचिव रामप्रसाद प्रजापतिले प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रविण त्वाती, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन राजु त्वातिले प्रस्तुत गर्नुभयो भने सर्वसम्मतिले पास गर्यो । साथै उक्त साधारणसभामा रक्तदाताहरुलाई गपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले र एसईई, असल बचत, असल ऋण, असल निक्षेप कर्ताहरुलाई वडाध्यक्ष उपेन्द्र सुवालले मायाको चिनो प्रदान गर्नुभयो ।
फाेटाेमा हेर्नुहाेस्...