दुमलाचामा भयो शुभकामना आदानप्रदान तथा स्वास्थ्य परामर्श
असोज १९, २०८१, शनिबार | दिउँसो १२:०० बजे | 60
भक्तपुर । नेपाल क्रान्तिकारी डकर्मी संघ भ.न.पा.४ वडा एकाई समितिको आयोजनामा शनिबार बडा दशैंको अवसरमा भ.न.पा.वडा नं.४ दुमलाचा टोलमा शुभकामना आदानप्रदान,स्वास्थ्य परामर्श तथा चियापान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य माननीय सुरेन्द्र राज गोसाईले नेपाल मजदुर किसान पार्टीले कामदार जनताको हितलाई सर्वोेपरी विगतमा सरसफाई अभियान थालनी गरेको कारण आज भक्तपुर देशको सफा नमुना नगरको परिचित भई देशविदेशका पर्यटकहरु भक्तपुर भ्रमण गर्न लालयित भएको चर्चा गर्नु भयो । शोषक वर्गले जहिले पनि कामदार वर्गलाई दासको रुपमा प्रयोग गर्न ज्ञान विज्ञानको क्ष्ँेत्रमा अगाडी नबढोस् भन्ने अभिप्रायले षड्यन्त्रको जालो बुन्ने गरेको ज्वलन्त उदारहरणको रुपमा भक्तपुर नगरपालिकालाई विश्व विद्यालय संञ्चालन हालसम्म सम्बन्धन नदिएको उदाहरणबाट प्रस्ट हुन्छ भन्नुभयो । त्यसकारण स्वास्थ्य र शिक्ष्ाँ क्षेत्रमा कामदार जनताले कम शुल्कमा डाक्टर पढ्न पाउने वातावरण सिर्जना गर्न आफनो हक अधिकारलाई संघर्षको माध्यमबाट स्थापित गर्नुपर्ने बताउनु भयो । विगतमा भक्तपुरमा भएको सरकारी अस्पतालले राम्रँे सेवा नदिएको कारण पार्टीका अग्रज कार्यकर्ता तथा जनताहरु अकालमा ज्यान गुमाउनु परेकोले भक्तपुर नगरपालिकाले शुरुमा जनस्वास्थ्य केन्द्र रुपमा शुरु गरेर अहिले बर्षको लार्खौ जनताको सेवा दिन सक्ने गरी १०० वेडको ख्वप अस्पतालमा परिणत गरेको स्मरण गर्दै सरकारले पटक पटक जनताको छोराछोरीलाई नर्स पढाउने अवसरलाई कुण्ठित गरेको हु“दा संघर्षशिल भावनालाई सधै जगाईराख्नु पर्ने बताउनु भयो ।
पार्टीका श्रद्धय अध्यक्ष का.रोहितले १६ बर्ष अगाडी नै काठमाडौ उपत्यकालाई सा“स्कृतिक राजधानीको स्थापित गरी दाङलाई देशको राजधानी बनाउनु पर्ने प्रस्तावलाई वेवास्ता गरेको कारण हालै आवश्यकताभन्दा बढी जनसंख्या भएको कारण प्राकृतिक प्रकोप,बाढी पहिरोबाट विनाशलिला भएको टिप्पणी गर्नुभयो । नदी किनारको सार्वजनिक जग्गालाई सुकुम्बासीको नाममा भोटबैंक बनाइएकोले धनजनको ठुलो क्षति भएकाले यसको सम्पुर्ण दोष सरकारले लिनुपर्ने बताउनु भयो । जीवनमा सफलता प्राप्त गर्न किताबी ज्ञानले पुर्ण नहुने भएकोले व्यवहारिक र राजनितिक अवस्थालाई निरन्तर अध्ययन गरी समाजवादको गन्तव्यमा पुग्ने खुड्किलाको रुपमा सचेतनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याउ“दै दशैको शुभकामना दिनुभयो ।
नेपाल क्रान्तिकारी डकर्मी संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष्ँ विष्णु राम दुमरुले अहिलेको अवस्थामा निर्माण कार्य निकै घटेको हुदा डकर्मीहरुको दैनिक जीवन निकै कष्टकर भएकोले आर्थिक मन्दीकै कारण आम्दानी नभएको अवस्थामा घरव्यवहारमा समस्या आउने भएकोले मनोरञ्जन तथा फजुल खर्च कम गर्नुपर्ने बताउनु भयो ।
भक्तपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उपेन्द्र सुवालले नेपालमै नमुनाको रुपमा घरदैलो नर्सिड्ड सेवा प्रदान गरेको,जनताको छोराछोरीको उच्च शिक्ष्ाँ अध्ययन गर्न चार करोडको छात्रवृतिको व्यवस्था गरेको,५ लाखसम्मको व्यवसायिक तथा शैक्षिक ऋणको व्यवस्था गरेको कडा रोगको विरामीको लागि निःशुल्क रगतको तथा आर्थिक सहयोगको व्यवस्था गरेको बारे चर्चा गर्नुभयो । हालै आएको बाढी पहिरोको कारण ४ वडामा मात्र दुई करोडको क्षति भएको विवरण प्रस्तुत गर्दै सरकारबाट क्ष्ँतिपुर्तिको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
भक्तपुर नगरपालिकाबाट संञ्चालित ख्वप बहु प्राविधिक अध्ययन संस्थानका स्वास्थ्य परामर्शदाता योजना दुमरुले नेपालमा नसर्ने रोग बढेको कारण अकालमा ज्यान जाने अवस्था वृद्धि भएकोले चाडपर्वमा मात्र नभई दैनिक जीवनमा खानपानमा ध्यान दिनुपर्ने बताउनु भयो । रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिन रातो मासुको सेवन कम गर्नुपर्ने,व्रिज वाकिड्ड गर्नुपर्ने,दैनिक ४५ मिनेट निरन्तर हिड्नुपर्ने,नुन र तेल कम खानुपर्ने, तेलमा टारेको खाना कम खानेले, करेला ध्युकुमारी,कागती दिनदिनै खान नहुने, सुगर र ब्लड प्रेसरको रोगीले निरन्तर जाच गरी डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्ने बताउनु भयो । कारताईतिहास बारे चर्चा गर्नुभयो । गरेकै कारण नेपालमा पर्यटन विकासको आधारशिला तयार भएको र सोही कारण नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको कारण रोजगारीको अवसर सृजना भएको बताउनु भयो । किवदन्ती अनुसार देवी देवताहरुमा पनिे पारिवारिक वैमनश्यतालाई अन्त्य गरी जताजतै खुशी नै खुशीको उल्लासमय बातावरण तयार गर्न विस्का जात्राको महत्व भएको कारण पारिवारिक सम्बन्ध सुमधुर बनाउन यस्तो जात्राले सकारात्मक सन्देश दिएको बताउनु भयो ।
नेमकिपा भ.न.पा.४ को अध्यक्ष पशुपति प्रजापतिले अन्यायको विरुद्ध संघर्ष गर्न सधैं तत्पर हुनुपर्ने र कम्युनिष्ट सिद्धान्तलाई अगाडी बढाउन सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो । नेमकिपा भ.न.पा.४ बोलाछें एकाई समितिका अध्यक्ष्ँ हरि सुन्दर सुवालले नेमकिपाको मान्यता अनुसार जनतालाई सैनिक तालिम दिएको भए विपदको समयमा जनता आफै सजग भै मानवीय धर्म निभाउन सक्षम हुने भएकोले कर्तव्यच्युत सरकारको सहयोगको आशा गर्नुनपर्ने बताउनु भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी सास्कृतिक संघ भ.न.पा.४ को अध्यक्ष्ँ राजेन्द्र माकले दशै जस्तो चाडपर्व आफनो क्षमता अनुसार खर्च गरी मनाउनुपर्ने बताउनु भयो । आयोजक समितिका पञ्च रत्न सैंजूले दशैको समयमा मोबाइल तथा अन्य मनोरञ्जनमा मात्र सिमित नबनी किताब अध्ययन र सृजनशिल कार्यमा आफुलाई केन्द्रीत गरी आफना सन्तानलाई पनि समय परिवेश अनुसार प्रविधिमैत्री बनाई व्यवसायिक रुपमा लिन सक्ने फाईदा र बेफाईदा बारे निरन्तर सचेत गर्नुपर्ने बताउनु भयो । आयोजक समिति अध्यक्ष्ँ पुरुषोतम जाकिबंजारको सभापतित्वमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...