तीनतिर गरी भव्य रुपमा सकियो सिद्धि गणेश साकोसको साधारणसभा
असोज १८, २०८१, शुक्रबार | दिउँसो ०१:४५ बजे | 10
भक्तपुर । नेपालकै ठूलो सिद्धि गणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको ३० औ वार्षिक साधारणसभा शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ । भक्तपुरको महेश्वरी, कमलविनायक र सूर्यविनायकमा गरी तीन ठाउँंमा क्षेत्रगत रुपमा एकैपटक साधारणसभा गरिएको थियो ।
महेश्वरीमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेंको प्रमुख आतिथ्यतामा हुने भनिए पनि उहाँंको व्यस्तताले पार्टीका भक्तपुर जिल्ला अध्यक्ष एवं बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाई प्रमुख अतिथि रहे । नभए उनी त्यहाँं अतिथि मात्रै थिए । कमलविनायकमा भएको साधारणसभाको उदघाटन नेमकिपाका केन्द्रिय सचिव प्रेम सुवालले गरे । त्यहाँं अतिथिको रुपमा पार्टी केन्द्रिय सदस्य एवं बागमती प्रदेशका सांसद सृजना सैंजू विशेष अतिथि रहे । उता सूर्यविनायकमा भएको साधारणसभामा पार्टीका केन्द्रिय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदघाटन गरे । जिल्लामै सवैभन्दा ठूलो सदस्य संख्या रहेको सिद्धि गणेश साकोस देशकै नमूना सहकारी हो ।
फाेटाेमा हेर्नुहाेस्...