झरना सहकारकीद्धारा १ सय ३६ शेयर सदस्य सम्मानित
असोज १८, २०८१, शुक्रबार | दिउँसो १२:२१ बजे | 30
सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधरचोकस्थित झरना बचत तथा ऋण सहकारी संस्था लि.द्धारा १ सय ३६ शेयर सदस्यहरुलाई उपहार सहित सम्मान गरिएको छ ।
३४ जना जेष्ठ शेयर सदस्यलाई ब्ला»्केट र १सय २ जना बालबचतकर्तालाई स्ट्यान्ड टेबल उपहार सहित सम्मान गरिएको छ । संस्थाका अध्यक्ष भरत श्रेष्ठले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन पेश गर्दै शेयरपुँजी १ करोड ९९ लाख ८२ हजार ६ सय रुपैंया र शेयर सदस्य ८ सय ६७ जना रहेको जानकारी दिनुभयो । संस्थाका सचिव ज्ञानशंकर श्रेष्ठले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा संस्थाका कोेषाध्यक्ष विष्णुभक्त श्रेष्ठले आ.व.२०८०=०८१ को आर्थिक प्रतिवेदन र लेखा संयोजक सुजित श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । थिमि बैंक्वेटमा भएको उक्त १२ औं वार्षिक साधारणसभामा जेष्ठ पुरुष सदस्यहरुलई नेपाली ढाका टोपी र जेष्ठ महिला शेयर सदस्यहरुलाई ऊनीको ओढ्ने सहित सम्मान गरिएको थियो । कार्यक्रमका अतिथि मध्यपुर थिमि नगरपालिका सहकारी शाखा प्रमुख अभयन्द्र रञ्जितले मथिनपा भित्रका १ सय २८ सहकारी मध्ये धेरै जसो सहकारीले समयमै साधारणसभा गरेर नपामा प्रतिवेदन बुझाउँदै आएको तर केही सहकारीले साधारण सभा नगरेकोमा नपाले सचेत गराउँदै आएको भन्दै झरना सहकारीको सदस्य केन्द्रीत उपहार एवं सम्मान कार्यक्रमको प्रशंसा गर्नुभयो । संस्थाका संस्थापक अध्यक्ष इश्वरमान श्रेष्ठले झरना सहकारीको हालसम्मको आर्थिक एवं सामाजिक गतिविधिको छोटो जानकारी सहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।