बाबा सहकारीद्धारा संस्कृतिकर्मी श्याम था सम्मानित


असोज १८, २०८१, शुक्रबार | विहान ११:४८ बजे | 45


बाबा सहकारीद्धारा संस्कृतिकर्मी श्याम था सम्मानित

सागर गुरागाईं
मध्यपुर थिमि । हाम्रो जात्रा डट कमका प्रोप्राइटर एवं संस्कृतिकर्मी श्याम था श्रेष्ठ नगद सहित सम्मानित हुनु भएको छ ।
मध्यपुर थिमि नपा ४ शंखधरचोक बायरिलाँ मार्ग स्थित बाबा बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभामा संस्कृतिकर्मी श्याम था श्रेष्ठलाई दोसल्ला, कदरपत्र र नगद रु १० हजार सहित सम्मान गरिएको छ । मध्यपुर थिमि, भक्तपुर, काठमाडौं उपत्यकादेखि दोलखा, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा हुँदै आएका विभिन्न जात्रा, नाच, संस्कृति, संस्कार आदिको प्रत्यक्ष प्रसारण मार्फत स्वदेश र विदेशमा पनि हाम्रो जात्रा, नाच, संस्कृतिको प्रचारप्रसार गरि संस्कृति संरक्षणमा अतुलनीय योगदान दिए बापत हाम्रो जात्रा डट कमका प्रोप्राइटर मथिनपा बोडे निवासी श्याम था श्रेष्ठलाई नगद सहित सम्मान गरिएको बाबा सहकारीका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो । 
बाबा सहकारीका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगरप्रमुख सुेरन्द्र श्रेष्ठले समुदायमा आधारित बाबा सहकारीको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक एवं स्वास्थ्य शिविर कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमिको मूर्त, अमूर्त, कला, संस्कृति, जात्रा, नाच आदिको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गर्ने श्याम था श्रेष्ठलाई बधाई दिँदै मध्यपुर थिमिको शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षणको लागि आगामी पुस १२ देखि १४ सम्म ३ दिने मध्यपुर महोत्सव गरिने जानकारी पनि दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले मथिनपाको आफ्नै प्रशासकीय भवन निर्माणको कानुनी प्रकृया अन्तिम चरणमा पुगेको बताउँदै नेपाल कोरिया मैत्रि नगरपालिका अस्पताल निकट भविष्यमा थप सेवासुविधा सहित ३ सय बेडको   बन्ने प्रकृया सुरु भएको जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक थिमि शाखा प्रमुख सीता भ¤राई, नेफ्स्कुन भक्तपुरकी प्रतिनिधि कल्पना पराजुली, जिल्ला बचत संघ भक्तपुरका सञ्चालक पञ्चकृष्ण श्रेष्ठ, बालकुमारी सहकारी थिमिका अध्यक्ष तुईलाल श्रेष्ठ, सम्मानित व्यक्तित्व डा.प्रदिप मानन्धर लगायतका अतिथि वक्ताहरुले सहकारीको नीति र सिद्धान्त अनुसार सञ्चालित बाबा सहकारीका कार्यहरुको प्रंशसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । 
बाबा सहकारीका अध्यक्ष ज्ञानराम श्रेष्ठले बाबा सहकारीले यसपटक संस्कृतिकर्मी श्याम था श्रेष्ठ र शेयर सदस्यका छोराछोरीमध्ये स्नातकोत्तर एवं विद्यावारिधी गरेका १३ जनालाई नगद सहित सम्मान गरिएको जानकारी दिनुभयो । संस्थाका सञ्चालक दिपम श्रेष्ठले हालसम्मको बाबा सहकारीको सामाजिक गतिविधि सहित स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा संस्थाका सचिव ज्ञानहरि श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत एवं भावी योजनाबारे बुदाँगत जानकारी दिनुभयो । संस्थाका कोषाध्यक्ष प्रेमरत्न मानन्धरले आ.व.२०८०=०८१ को आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाले गत आर्थिक वर्षमा ७७ लाख २२ हजार १ सय २८ रुपैंया खुद बचत गरेको तथ्य प्रस्तुत गर्नुभयो । लेखा संयोजक अलिशा श्रेष्ठले लेखासुपरिवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको उक्त कार्यक्रममा स्नातकोत्तर र विद्यावारिधी गरेका १३ जना शेयर सदस्यका छोराछोरुलाई नगद सहित सम्मानित गरिएको थियो । स्थानीय यचु पार्टी भेन्युमा भएको उक्त साधारण सभामा बाबा सहकारीमा १ हजार ५ सय १३ जना शेयर सदस्यहरु रहेको संस्थाका सचिव ज्ञानहरि श्रेष्ठले जानकारी दिनुभयो । १९ औं वार्षिक साधारण सभाबाट उमेश श्रेष्ठको अध्यक्षतामा बाबा सहकारीको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । चार वर्षे कार्यकालका लागि सञ्चालक उपाध्यक्षमा दिपम श्रेष्ठ, सचिवमा ज्ञानहरि श्रेष्ठ, कोषाध्यक्षमा प्रेमरत्न मानन्धर चयन हुनु भएको बाबा सहकारीका व्यवस्थापक ज्ञानेश्वर कायस्थले जानकारी दिनुभयो । त्यसैगरि सञ्चालक सदस्यहरु नविन प्रकाश श्रेष्ठ, दीपक श्रेष्ठ, तुल्सीमैया श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरि लेखा संयोजकमा ज्ञानराम श्रेष्ठ र सदस्यद्धयमा तुल्सीकृष्ण श्रेष्ठ र राजेश श्रेष्ठ चयन हुनु भएको बाबा सहकारीका व्यवस्थापक कायस्थले जानकारी दिनु भएको छ । 

Comments