सहीद पत्नीको स्वर्गारोहणमा कमलविनायकमा शोक सभा
असोज १७, २०८१, बिहीबार | दिउँसो ०१:५७ बजे | 50
भक्तपुर । वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिका वडा नं. १० बाट निर्वाचित वडा महिला सदस्य एवं नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगरपालिका वडा नं १० का सदस्य विजयालक्ष्मी शाक्यको असामयिक निधन भएको विहीबार शोक सभा गरिएको छ । भक्तपुर नगरपालिका १० वडा कार्यालय भक्तपुर र नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगरपालिका १० वडा समितिकपुो संयुक्त आयोजनामा शोक सभा कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न वक्ताहरुले स्वर्गीय शाक्यको योगदानबारे चर्चा गरेका थिए । स्वर्गीय शाक्य २०४६ सालको जनआन्दोलनका शहीद पुष्परत्न शाक्यका जीवनसंगीनी हुन् ।
फाेटाेमा हेर्नुहाेस्...