विपद्को कारक अव्यवस्थित सहरीकरण ः केसी


असोज १७, २०८१, बिहीबार | दिउँसो १२:१६ बजे | 25


विपद्को कारक अव्यवस्थित सहरीकरण ः केसी

भक्तपुर । विपद विज्ञ रामहरि केसीले विपद्को मुख्य कारक अव्यवस्थित सहरीकरण भएको बताएका छन् । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले विहीबार भक्तपुरमा आयोजित “विपदले उठाएका प्रश्न“ विषयक साक्षात्कार कार्यक्रममा विज्ञ केसीले व्यवस्थित सहरीकरण गर्न सकेको भए आजको यो अवस्था आउन नसक्ने ठोकुवा गरे । उनले भने, “कहाँ बस्ती विकास गर्ने, कहाँ खुला ठाउँ छोड्ने र कहाँ खोलानाला बग्ने जमिन छुट्याउने भन्ने स्पष्ट योजना छैन । अहिलेको विपदको मुख्य कारक नै यही हो । 
पछिल्लो समय आफैं जहाँ पायो त्यहीँ बस्ती बसाउन थालेका कारण अहिलेको संकट निम्तिएको उनले बताए । यसले गर्दा विपद्को जोखिमलाई थप बढाएको उनको विश्लेषण छ ।
कार्यक्रममा बोल्दै केसीले प्राकृतिक विपद्का लागि पूर्व तयारी गर्न सरकारले विदेशी एनजीओ र आइएनजिओहरूको योजनामा भर पर्नु गलत रहेको बताए । उनका अनुसार, “विपद् व्यवस्थापनका लागि सरकारको आफ्नै योजनाको अभाव छ। विदेशी संस्थाहरूले बनाएका योजनामा भर परेर बस्दा हरेक विपद्ले ठूलो धनजनको क्षति पु¥याइरहेको छ।“  
नेपालमा विगत केही वर्षमा बाढी, पहिरो, भूकम्पजस्ता विपद्हरूले ठूलो असर पु¥याएको छ। यसले विपद् पूर्व तयारीको अभाव स्पष्ट रूपमा देखाएको केसीको भनाइ छ। थप रुपमा उनले भने, “सरकारको गैरजिम्मेवारीले हरेक वर्ष प्राकृतिक विपद्हरू सामना गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। विपद व्यवस्थापनका लागि स्थायी संरचना बनाउन र जनचेतना अभिवृद्धि गर्न ढिला भइसकेको छ।“
विपद् व्यवस्थापनमा मात्र नभएर विपद्को समयमा तात्कालिक राहत, उद्धार, र पुनर्स्थापनामा समेत सरकारले प्रभावकारी कदम नचालेको बताउँदै  उनले सरकारले विज्ञहरूको सुझावलाई बेवास्ता गर्दै गैर योजना अनुरूपका विकास निर्माणहरूले भविष्यमा अझ गम्भीर सङ्कट निम्त्याउने बताए।  
उनले देशमा बढ्दो असुरक्षित बस्ती विकास र सरकारी योजना अभावका कारण प्राकृतिक विपद्लाई हामी आफैँले  निम्त्याइरहेको बताए  ।

फाेटाेमा हेर्नुहाेस्...

विपद्को कारक अव्यवस्थित सहरीकरण ः केसी

Comments