सन्दर्भ : नवरात्री उत्सव


असोज १७, २०८१, बिहीबार | विहान ०५:१५ बजे | 35


सन्दर्भ :  नवरात्री उत्सव

सुनील सापकोटा

कौशलटार, भक्तपुर 
 नवरात्री भन्न्नाले घटस्थापनाको दिन देखि प्रारम्भ हुने उत्सव हो। नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं आज देखि प्रारम्भ भयो। जो अशोज महिनाको शुक्ल प्रतिप्रदा देखि पूर्णिया सम्म मनाइन्छ। नव दुर्गाको स्वरुप भन्नाले माता भवानीको नौ अवतारहरु शैल पुत्री , ब्रम्हचारिणि,चन्द्र घन्टा, कुस्मान्डा ,स्कन्धमाता , कात्यायनी , कालरात्री , महागौरी , सिद्दीरात्री बुझिन्छ । यस पर्व सङ जोडिएको महत्व दुर्गाभवानी र राम द्वारा रावण बधका प्रसङ्गहरु धार्मिक रुपमा मुख्य हो। यो पर्वको सन्देश असत्य माथी सत्यको बिजय हो। तर मेरो ब्यक्तिगत बिचारमा नवरात्री उत्सवको महत्व भनेको स्त्रीजाति लाई एउटा शक्तिको रुपमा सम्मान दिने पनि प्रथा हो । 
बास्तवमा भन्ने हो भने स्त्री जातिका अथाह माया ,प्रेम,ममता , करुणा , दया आदि जो कहिले आमा , पत्नी , प्रेयसी , दिदिबहिनी र छोरी बाट पुरुषहरु लाई प्राप्त भै रहेको हुन्छ त्यो अतुलनीय छ। हाम्रो धार्मिक परम्परामा पनि स्त्री लाई सृजनाको शक्तिको रुपमा मानिएको छ । दुर्गा भवानी भनेको नै स्त्रीको प्रतीक हो भन्ने बुझ्नु पर्छ। तर दु:खको कुरा के छ भने हिजोआज स्त्रीहरु प्रति जुन निन्दनीय कामकुरा र घटनाहरु समाजमा भइ रहेका छन। त्यस्ले समाजलाई अपराध , बिसङ्गतीहरु र द्वन्द तिर धकेली रहेको छ । जस्तै दिनहुँजसो बलात्कारका घटनाहरु छोरी गर्भ मा भए भ्रुणहत्या, घरेलु हिंसा,दहेज प्रथा ,बेश्यावृती, लैङगिक भेदभाव,स्त्री लाई पुरुष द्वारा कमजोर सम्झिने आदि कुरामा हाम्रो पितृ सतात्मक समाजकोअवधारणामा जबसम्म परि वर्तन आउदैन तब सम्म हरेक बर्ष नवरात्री पूजा वा उत्सव मनाएको कुनै सार्थकता न रहला जस्तो मलाई लाग्छ ।सबैले बेलैमा सोचौं ।अन्त्यमा सबैमा बिजया दशमीको हार्दिक शुभकामना । धन्यवाद । **

Comments