उपभोक्ता ठग्ने र लुटने व्यवसायीहरुलाई कडा कारवाही गरी पाउ


असोज १७, २०८१, बिहीबार | विहान ०४:०४ बजे | 70


उपभोक्ता ठग्ने र लुटने व्यवसायीहरुलाई कडा कारवाही गरी पाउ

काठमाडौं । राष्टिय उपभोक्ता मञ्चले देशैभरि बाढीपहिरोले वितण्डा मच्चाउँंदै गर्दा सरकार दरो रुपमा उद्धारमा लाग्न नसकेको भन्दै खेद प्रकट गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रेस विज्ञप्ति प्रकाशित गरी यसरी खेद् प्रकट गरेका हुन् । 
बाँंकी प्रेस विज्ञप्तिमा 
प्रेस बिज्ञप्ति
देशको बिभिन्न भागमा आएको अत्याधिक बर्षा र बाढीले गर्दा प्राकृतिक चपेटामा परेर २ सय भन्दा बढी नागरिकको ज्यान गई सकेकोछ भने सयौं नागरिक बेपत्ता भएकोछ । अर्बौको पुल पुलेसा, सडक तथा भौतिक पूर्वाधारहरु नष्ट तथा क्षति भएकोछ । पीडित नागरिकहरुको जीवन अत्यन्त कष्टकर तथा अष्टव्यस्त भएकोछ । तिनीहरु प्रति राष्ट््िरय उपभोक्ता मन्च हार्दिक समवेदना प्रकट गर्दछ ।
नेपाल र नेपालीहरुको ठूला चाडबाडको बेलामा भएको यो प्राकृतिक बिपतिको बेलामा पनि उपभोक्ता ठगेर खान पल्केका केही व्यवसायीहरुले प्राकृतिक प्रकोपलाई नै बहाना बनाई हवाइ भाडामा चर्को मूल्यबृध्दि गर्ने, सवारी यातायातमा दादागिरी गर्ने, खाद्यान्नमा मूल्यबृध्दि गर्ने जस्तो अनुचित व्यापारिक काम गरी ब्रम्हलूट मचाएकाछन र बजारलाई अराजकता तर्फ ढकेलिएकाछन् ।
आम नेपाली जनताको अभिभावकत्व ग्रहण गरेको सरकार यस्तो स्थितिमा पनि बजारमा आफनो उपस्थिति दरो रुपमा देखाउन नसकेकोमा आमनागरिकको तर्फबाट राष्ट््िरय उपभोक्ता मन्चले खेद व्यक्त गर्दछ । 
नेपाल सरकारका सम्बध्द निकायहरु, प्रदेश सरकार तथा स्थानीय सरकारको रुपमा रहेका पालिकाहरुले तत्काल उपभोक्ता हितको लागी आपूर्ति व्यवस्था सहज गर्न, मूल्य नियन्त्रण गर्न र अनुचित व्यापारिक कृयाकलाप गरी उपभोक्ता ठग्ने र लूटने व्यवसायीहरुलाई कडा कारवाही गरी पाउन नेपाल सरकारसंग जोडदार मांग गर्दछ ।
(प्रेमलाल महजन)
अध्यक्ष

Comments