रास्वपा चाँंगुले बुझायो नगर प्रमुखलाई ज्ञापनपत्र


असोज १६, २०८१, बुधबार | विहान ०६:४३ बजे | 25


रास्वपा चाँंगुले बुझायो नगर प्रमुखलाई ज्ञापनपत्र

चाँंगुनारायण । अविरल बर्षाका कारण भएको क्षति, उद्वार, राहत, पुनर्स्थापना, पूर्वतयारी तथा विपद् र चाडपर्वको मौका छोपी हुने मूल्यवृद्धि कलोबजारी लगायतको विषयमा बुधबार ध्यानाकर्षणपत्र बुझाइएको छ । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले नगर प्रमुख जीवन खत्रीमार्फत् सरकारको ध्यानाकर्षण गराएको हो । 
विपद्को समयमा चाँगुनारायण नगरले सिमित श्रोत साधनका बाबजुत पनि तत्काल गर्नुपर्ने उद्वार र राहतको काममा गरिएको काम कारवाहीप्रति त्यस अवसरमा धन्यवाद पनि दिइयो । साथै विपद्को समयमा रास्वपाकोतर्फबाट गर्नुपर्ने हरेक काममा साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरियो ।  यस्तै नगरको पूर्वाधारतर्फको १० देखि १५ प्रतिशतसम्म बजेट कटौती गरी विपद्का खर्च गर्ने भन्ने नगरको निर्णयको स्वागत पनि गरियो । साथसाथै विपदमा खटिएका नगर प्रहरीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन आग्रहसमेत गरिएको छ । नगर प्रमुख खत्रीलाई पार्टी चाँंगु समितिका अध्यक्ष रोशन थापाले ज्ञापनपत्र बुझाएका थिए । 

Comments