महात्मा गान्धीलाई सम्झिंदा


असोज १५, २०८१, मङ्गलबार | साँझ ०४:१६ बजे | 0


महात्मा गान्धीलाई  सम्झिंदा

सुनील सापकोटा 

कौशलटार,भक्तपुर
स्वर्गीय मोहनदास करम चन्द गान्धीको जन्म दिन भोलि हो। उनि २अक्टुवर सन् १८६९ मा भारतमा जन्मेका थिए र एउटा कट्टरवादी हिन्दु नाथुराम गोडसे द्वारा ३० जनवरी सन् १९४८ मा मारिएका थिए। 
गान्धीको जन्मदिन लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रुपमा पनि मनाइन्छ। जसलाई प्रख्यात भारतिय लेखक र साहित्यकार रविन्द्र नाथ ठाकुरले महात्माजी भनेर सम्बो धन गरे पछी उनको नाम महात्मा भनेर प्रख्यात भयो । मलाई लाग्छ गान्धी भार तिय भूगोलको सिमाना भित्रका एउटा भार तिय मात्र होइनन् । उनि भारतिय स्वतन्त्रता आन्दोलनको एक प्रमुख राजनैतिक नेता एवं अध्यात्मिक ब्यक्ती पनि हुन। उनको तत्का लीन अहिंसारुपी सत्याग्रह को सिद्धान्त द्वारा नै भारत लाई बृटिश साम राज्य बाट स्वत न्त्र ता दिलाएको कुरा त सबै मा जानकारी भएकै बिषय होला। जुन समय मा मुसोलिनी , हिट लर र स्टालिन जस्ता ताना शाहहरु खुनीखेल खेली रहेका थिए, त्यो बेला भारतमा एउटा दुब्लो , कालो ,कमजोर हातमा लठ्ठी लिएको बुढो अहिंसाको नारामा बृटिश सामराज्य बिरुद्ध भारतको स्वतन्त्रता र स्वा धिनताको लागि लडि रहेको थियो। एकसरो कपड़ा बेरि एको , हातमा लठ्ठी लिएको , दुब्लो पतलो कमजोड संरचना भएको सात्विक पुरु षको रुपमा रहेको त्यो ब्यक्ति, जो भारतको त्यो बेलाको अर्थतन्त्रलाई सामुहिक बाँड फाड गर्दा एउटा भारतियको भागमा एउटा ओडने र एउटा धोती भन्दा बढी लुगाहरु पर्दैन भन्ने धारणा बनाइ त्यस भन्दा बढि वस्त्र आफु ले पनि प्रयोग नगर्ने भनी आफ्नो सिद्धान्तमा अडिग रहेको र जसले भारतको स्वाधीनता पछी सत्तामा नजाने निर्णय गर्दै काङ्ग्रेस पार्टी समेतको साधारण सदश्यता समेत परित्याग गरेको थियो। गान्धीले सन् १९१६ देखि १९४५ सम्म लगातार २९ बर्ष भारत छोडो आन्दोलनको नेतृत्व गरेका थिए । जस्को प्रभावले नै १५ अ गस्त सन् १९४७ मा भारत आजाद ( स्वतन्त्र ) भएको हो भन्ने कुरा जग जाहेर छदाछँदै हिजो आज गान्धीजी को बिरुद्धमा धेरै नै दुत्सित , झुठो प्रचार प्रसार र अभियानहरु भारतको सत्तारुढ दल बिजेपीका दक्षिणपन्थी नेता वा कार्य कर्ताले गरेको देख्दा गजब लाग्छ । बिजेपीका नेता र कार्यकर्ताहरुले अचेल गान्धीकै घरमा धुसेर गान्धीलाई बदनाम गरि रहेको देखिन्छ । एकातिर संसारको प्रायः सभ्य र विकसित देशहरुले गान्धी जयन्ती भब्य रुपमा मनाइ रहेको अवस्थामा भारतका नयाँ पिढिं लाई बिजेपीले गान्धीको हत्यारा हरु नाथूराम गोडसे लगायत उसका मतियार हरु लाई देश भक्त र गान्धी लाई गद्दार भनेर प्रचारित गर्नु दुर्भाग्य कुरा हो जस्तो मलाई लाग्छ आज येस्तो भयावह अव स्था देखिदैछ कि कट्टर हिन्दुवादको नाउँमा भारतमा केही ब्यक्तिहरुले जे मन लाग्यो त्यही गरि मानवता वादको हत्या गरिरहेका छन। जो भारत कै लागि भबिस्यमा हितकर छैन ।
 गान्धीका धेरै कुराहरु छन, जो यहाँ लेख्दा लामो हुन्छ । गान्धी दर्शन वा गान्धीवादले रानैतिक आर्थिक सामाजिक नैतिक,मानविय र आध्या त्मिक बिचारहरु प्रवाह गरेको पाइन्छ। जो जति लेख्दा पनि कमै हुन्छ । अन्त्यमा,महात्मा गान्धी प्रती हार्दिक श्रद्धा ञ्जली गर्दै यो सानो लेख समाप्त गर्ने आज्ञा माग्छु । धन्यवाद !**

Comments