गुरु गणेश साकोसमा शुभकामना आदानप्रदान


असोज १५, २०८१, मङ्गलबार | दिउँसो ०१:३९ बजे | 55


गुरु गणेश साकोसमा शुभकामना आदानप्रदान

भक्तपुर, १५ असोज । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा विजया दशमी २०८१ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम संस्थाको सभाकक्ष चोफलमा मंगलबार सम्पन्न भयो ।

कार्यक्रममा सल्लाहकार काशिलाल प्रजापतिले सदस्य स्वस्थ भए संस्था राम्रो हुने बताउँदैं पदिय दायित्वको ख्याल गर्नुपर्ने बताउनु भयो । उहाँले बत्तीस हजार संस्थामा त्रीहत्तर लाख सदस्य भएकोमा थोरै सहकारी मात्र बिग्रेको भएता पनि बढि प्रचार भएको तर सपार्ने तर्फ सरकारले ध्यान नदिएको बताउँदै भक्तपुरमा धेरै राम्रो सहकारीहरु भएता पनि प्रचार नभएको वताउनु भयो । उहाँले केही सहकारी भागेको दशौं बर्षमा पनि सरकारले बेवास्ता गर्दा अहिले नयाँ नयाँ सहकारी पनि दुवेकोमा सरकार दोषि भएको बताउनु भयो ।

कार्यक्रममा अर्का सल्लाहकार राम कृष्ण प्रजापतिले विजया दशमी असत्य माथि सत्यको विजय भएको बताउँदैं हामीले सत्यको पक्षमा संघर्ष गर्न र अन्याय विरुद्ध लड्न सिक्नु नै शुभकामना मनाएको अर्थ हुने बताउनु भयो । उहाँले दशैंमा खानपान र स्वास्थ्यको ख्याल गरी मनाउन अनुरोध गर्दै भौतिकवादी दृष्टिकोणले दशैं मनाउनु पर्ने बताउनु भयो । दशैंलाई अध्ययन, साँस्कृतिक, नयाँ नयाँ कुराहरु सिक्ने सिकाउने अवसरको रुपमा मनाउन अनुरोध गर्नु भयो । मोवाईल टि.भी.मा झुमिने अवस्थाले मानसिक रोग बढेकोले समाजमा घुलमिल हुने यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै दशैमा पनि नवरात जाने संस्कृति भएको बताउनु भयो । उहाँले दशैं नयाँ उमंग जोश जागरका साथ मनाउनु पर्ने बताउदैं सबैको सु स्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले १७औं साधारणसभा २०८१ मंसिर १५ गते ब्रम्हायणीमा हुने बताउँदै सहकारी सुरक्षित र ऐन नियम संगत संचालन भएको जानकारी दिनु भयो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष श्रीप्रसाद प्रजापति, शुभकामना मन्तव्य कोषाध्यक्ष तुल्सी केशरी प्रजापति, व्यवसाय प्रवद्र्धन संयोजक राजु बजिकों, महिला तथा बालबालिका संयोजक चम्पा ज्ञामरु, लेखा संयोजक हरिकृष्ण प्रजापति, साँस्कृतिक संयोजक रामकृष्ण लावजू र उद्धोषक संस्थाका प्रबन्धक गौतम कुटुवाजूले पनि शुभकामना ब्यक्त गर्दै कार्यक्रम संचालन गर्नु भयो । साथै सिता लक्ष्मी कोजू र पुण्यराम मूस्याख्वले पनि बोल्नु भएको थियो ।     

Comments