श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको साधारणसभा तथा २१ औं महाधिवेशन सम्पन्न
असोज १४, २०८१, सोमबार | दिउँसो ०३:५२ बजे | 20
‘’सुख शीतल करु संसार, प्रेम, सद्भाव सेवा यसका आधार” को महान उद्देश्य बोकेको श्रीकृष्ण प्रणामी सेवा समितिले काठमाडौं स्थित श्री नवतनधाममा यहि आश्विन १२ र १३ मा ५७ औं वार्षिक साधारण सभा तथा २१ औं महाधिवेशन सम्पन्न गरेको छ ।
यो साधारण सभा तथा महाधिवेशनलाई पूर्ण सफलताको लागि श्री कृष्ण प्रणामी धर्मको आचार्य पीठ श्री नवतनपुरी धामको श्री १०८ कृष्णमणि महाराजजीबाट शुभाशीर्वाद प्रेषित गर्दै आफ्नो प्रसन्नता भर्चुअल माध्यमबाट समेत गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘अनेक सेवाभावी सुन्दरसाथले संस्थाका विभिन्न पदमा रहेर यसको गरिमा बढाउँदै आउनु भएको छ । संगठन बलियो हुँदा सुन्दरसाथको पनि गरिमा बढ्दछ । यसर्थ संगठन र संस्थालाई शक्तिशाली बनाउन सबै सुन्दरसाथको सकारात्मक पहल सधैं नै रहोस् ।’
देशमा ठूलो बाढी, पहिरो विपत्तीको अवस्थामा पनि त्यसको कुनै प्रवाह नगरी यो साधारण सभा तथा महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन उद्घाटन र विभिन्न क्षेत्रमा योगदान गरेका तथा सहयोगी दाताहरुको सम्मान गरियो भने दोस्रो दिन नयाँ कार्यसमिति चयन भएको थियो । साधारण सभा तथा महाधिवेशनको उद्घाटन श्री नवतनधामका गादीपति श्री १०८ अमृतराजजी महाराजले गर्नुभएको थियो ।
दोस्रो दिनको पहिलो सेसनलाई सेवा समितिका महासचिव श्री नवराज कोइरालाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता श्यामकृष्ण शर्माले गर्नु भएको थियो । कार्यक्रममा सेवा समितिका पदाधिकारीहरु श्याम कृष्ण शर्मा, निवर्तमान अध्यक्ष श्याम के.सी., कल्याण कुमार कार्की, रेशवराज ढकाल, नगेन्द्र बहादुर खड्का, शारदा थपलिया, राम कृष्ण तिवारी, कृष्ण प्रसाद बजगाई, पूर्ण प्रसाद ढकाल, नवराज कोइराला, होमनाथ बराल, भोलानाथ दाहाल, सल्लाहकार समितिका संयोजक हरि केशव फुयाँल, संरक्षक परिषद सचिवालयका संयोजक राधवराज रेग्मी लगायत विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरुको उपस्थिति रहेको थियो । साधारण सभा तथा महाधिवेशनलाई संरक्षक परिषद सचिवालयका संयोजक राधवराज रेग्मी, प्रलादराज शास्त्री, केन्द्रीय सल्लाहकार समितिका संयोजक हरिकेशव फुयाँल, केन्द्रिय सल्लाहकार समितिका सदस्य प्रा.विनोद कुमार शर्मा, पुरुषोत्तम रेग्मीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारण सभा तथा अधिवेशनमा महासचिव नवराज कोइराला द्वारा वार्षिक प्रगति प्रतिवेदन २०८०।०८१ प्रस्तुत गरियो । जसलाई सर्वसम्मत ढंगले पास गरिएको थियो । सेवासमितिका अध्यक्ष श्यामकृष्ण शर्माले समेत साधारण सभा तथा महाधिवेशनलाई सम्बोधन गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘हामीले ३ वर्षे कार्यकालमा जे अठोट गरेका थियौ त्यो पुरा गरेका छौं । थुप्रै जनसम्पर्क बढाएका छौं । संस्थालाई चेन अफ कमाण्ड (आदेशको श्रृखला)मा चलायौं । चेन अफ काठमाण्डौंबाट कार्य गर्दा मात्रै परिणाम आउँछ उहाँले भन्नुभयो ।
यो अधिवेशनले श्यामकृष्ण शर्माको कामको उच्च मूल्यांकन गर्दै सर्वसम्मत ढंगले पुन अध्यक्षको जिम्मेवारी दिएको छ । उहाँको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
क्र.सं. नाम पद जिल्ला
श्यामकृष्ण शर्मा अध्यक्ष काठमाडौं
गोपाल कृष्ण सञ्जेल उपाध्यक्ष काठमाडौं
बद्री प्रसाद ओली उपाध्यक्ष तनहुँ
शारदा थपलिया उपाध्यक्ष झापा
भक्ति प्र. सापकोटा उपाध्यक्ष सुर्खेत
रामाज्ञा प्र.शाह उपाध्यक्ष कलैया
भोलानाथ दाहाल महासचिव रौतहट
अशोक कुमार थापा कोषाध्यक्ष ललितपुर
घिसु बहादुर थारु सदस्य बर्दिया
सूर्य बहादुर खत्री ” सुर्खेत
आनन्द प्रसाद ढुङ्गना ” लम्जुङ्ग
बबिता पाण्डेय ” रुपन्देही
श्याम प्रसाद बराल ” चितवन
केदार प्रसाद चौलागाई ” मकवानपुर
केदार प्रसाद तिमलसिना ” ललितपुर
बासुदेव थापा ” काठमाडौं
जयराज भट्टराई ” सर्लाही
मोमिन प्र. बजगाई ” रौतहट
तुलसी कु. शर्मा भट्टराई ” मोरङ
डम्बर ब. कटुवाल ” इलाम
विष्णु प्र. चौलागाई ” काठमाडौं
कमल कृष्ण खनाल ” चितवन
राधेश्याम खतिवडा ” ललितपुर
गोकुल रिजाल ” काठमाडौं
अर्जुन प्रसाद वाग्ले ” मकवानपुर