सकियो भक्तपुर बचतमा एकहप्ते मिठाइ तालिम


असोज १४, २०८१, सोमबार | दिउँसो ०३:३४ बजे | 45


सकियो भक्तपुर बचतमा एकहप्ते मिठाइ तालिम

भक्तपुर, १४ असोज
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा भएको एकहप्ते मिठाइ तालिमको शनिबार समापन भयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार एवम् पूर्व अध्वक्ष रत्न प्रसाद प्रजापतिले सहकारीका विभिन्न गतिविधिले गर्दा महिलाहरु आर्थिकसँगै व्यावसायिक रुपमा सक्षम भएको बताउनुभयो । सहकारी मूल्य मान्यतालाई ख्याल नगर्दा र सरकारले निरिक्षण गर्न नसक्दा अहिले सहकारी संस्थाहरु ध्वस्त हुँदै गएको उहाँको भनाइ छ । उहाँले अग्रजले सिकाएको कुरा सबैले मनन् गर्नुपर्ने बताउँदै निःस्वार्थ सेवाभावकै कारण यो संस्था सबल र सक्षम भएको बताउनुभयो । साथै उहाँले यस तालिमबाट सिकेका सिपलाई आफ्नो जीवनमा र व्यावसायिक रुपमा उपयोग गरी स्वस्थ रहन सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले निजी स्वार्थ पूर्तिका लागि खोलेका व्यावसायिक सहकारीहरुले सदस्य र समाजको हित नगर्ने बताउनुभयो । उहाँले आ.व.२०८१÷०८२ का लागि २५ लाख बराबरको विभिन्न तालिमका लागि बजेत व्यवस्थापन गरेको बताउनुभयो । निःशुल्क तालिममा अपनत्व कम हुने भएकाले प्रशिक्षार्थीसँथ न्यून शुल्क लिई तालिम सञ्चालन गरेको बताउँदै उहाँले स्वरोजगार तथा व्यावसायिक तालिमहरु प्रदान गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले असोज १९ गते हुने संस्थाको २७ औं वार्षिक साधारणसभाबारे जानकारी गराउनुभयो ।
आयोजक समितिका संयोजक रामेश्वरी कोजुले सिकेका तालिमलाई सामूहिक रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षक विकास उप्रेती, प्रशिक्षार्थी जान प्रजापति, जगनालक्ष्मी तुइतुई, सहायक प्रबन्धक दयालक्ष्मी धन्छालगायतले बोल्नुभएको थियो ।
तालिममा २५ जनाको सहभागिता रहेको उक्त तालिममा प्रमुख अतिथिबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

सकियो भक्तपुर बचतमा एकहप्ते मिठाइ तालिम
सकियो भक्तपुर बचतमा एकहप्ते मिठाइ तालिम

Comments