असफल रास्ट्र (Failed State)


असोज १४, २०८१, सोमबार | विहान १०:४३ बजे | 0


असफल रास्ट्र  (Failed State)

सुनील सापकोटा , कौसलटार 

 असफल रास्ट्र भनेको त्यो राष्ट्र हो जसले आफ्नो नागरिकलाई आधारभूत सेवाहरू प्रदान गर्न असमर्थ हुन्छ । जस्तै सुरक्षा, शिक्षा, स्वास्थ्य र आर्थिक अवसरहरु बाट जनता बिमुख हुन्छ न् । यस्तो राष्ट्रमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, हिंसा, र सामाजिक असमानता फैलिएको हुन्छ। 
पहिलो कुरा यो दुनि याँको कुनै पनि रास्ट्र असफल राष्ट्र हुनुमा त्यस रास्ट्रको राज नीतिक अस्थिरतालको प्रमुख भूमिका हुन्छ । जब कुनै सर कारमा लगातार विभिन्न संकटहरु, जन विद्रोह,साम्प्रदायिक दंगा र असन्तोष त्यो रास्ट्र असफल रास्ट्र हुन बेर लाग्दैन। दोस्रो आर्थिक संकट हुनु । जस्तै: उच्च बेरोजगारी, मुद्रास्फी ति, ब्यापार घाटा , वैदेशिक मुद्रा ( डलर ) को अभाव आदिले रास्ट्रमा विकास हुँदैन र अर्थतन्त्रमा गम्भीर समस्या उत्पन्न भएर रास्ट्र असफल हुन जान्छ। 
तेस्रो जब कुनै रास्ट्रमा सामा जिक असमानता ब्यापक हुन जान्छ त्योबेला जब विशेष समू ह हरूमा शक्ति र अवसरहरूको अत्यधिक केन्द्रियता हुन्छ तब रास्ट्र असफलताको दिशा तर्फ लम्किन्छ। चौथो सरकारी अनियमितता र भ्रष्टाचारले गर्दा पनि जनतामा विश्वा सको कमी वा संकट उत्पन्न हुन्छ र सेवाहरूको असमान वितरण हुने हुँदा त्यस्तो अवस्था पनि रास्ट्र असफल हुन सक्छ । पाँचौं कारण आन्तरिक बिद्रोह वा युद्ध, बाह्य संघर्ष वा विदेशी हस्तक्षेपले राष्ट्रलाई शान्त र स्थिर हुन दिंदैन र रास्ट्रअसफलता तिर जान सक्छ । यस संसारमा धेरै देशहरूलाई असफल राष्ट्रको रूपमा चिन्न सकिन्छ। उदाहरणका लागि, सोमालिया, साउदी अरब, सिभे रिया, र यमन जस्ता राष्ट्रहरूमा असफलता र अस्थिरता देखा परेको छ। सन् २०२३ को "Failed States Index" अनुसार सोमालिया र साइप्रस जस्ता देशहरू उच्च जोखिममा छन्।असफल राष्ट्रको अवस्थालाई सुधार गर्नका लागि राजनी तिक स्थिरता, आर्थिक सुधार, र सामाजिक समावेशीकरणमा ध्यान दिन आवश्यक हुन्छ। नेपालको वर्तमान स्थिति र भविष्यको परिप्रेक्ष्यमा यसलाई असफल राष्ट्रको रूपमा चिन्न सकिन्छ भन्ने कुरामा धेरै पढेका बौद्धिक र राजनीतिक व्यक्तिहरूबीच बहस भइरहेको छ। नेपालले आर्थिक, राजनीतिक, र सामाजिक दृष्टिले गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ। जस्तै : १. राजनीतिक अस्थिरता: नेपालमा लगातार आन्तरिक संघर्ष र राजनीतिक अनिश्चितता कायम छ। विभिन्न दलहरूको बीच मा खिचातानीले स्थायी सरकारको गठनमा अवरोध गरिरहेको छ। यसले नीति निर्माणमा बाधा पुर्याउँदै नागरिकहरूको जीव न स्तरमा प्रतिकूल असर पारिरहेको छ। २. आर्थिक चुनौतीहरू: नेपालले गम्भीर आर्थिक समस्याहरू को सामना गरिरहेको छ। जसमा उच्च बेरोजगारी, गरिबी, र खाद्य सुरक्षा संकट समावेश छन्। हालका आँकडाहरूले नेपा लको आर्थिक अवस्थाको दीर्घकालीन सुधारको आवश्यकता गर्नु पर्छ भन्ने देखाउँछ । हाल नेपालको आर्थिक प्रणालीले मात्र थोरै व्यक्तिहरूलाई लाभान्वित गरिरहेको छ। ३. सामाजिक असमानता: राज्यको सेवा र अवसरहरूमा अस मानता बढेको छ। जसले गर्दा जनतामा असन्तोष र गुनासो बढ्दै गएको छ। अत्यधिक भ्रष्टाचार र शासकीय दुरुपयोगले समस्यालाई थप गम्भीर बनाएको छ। ४. भविष्यको अनिश्चितता: केही विशेषज्ञहरूको विचारमा नेपालले बाह्य शक्तिहरूको चासो र प्रभावका बीचमा अस्ति त्वको चुनौतीहरू समेट्नु पर्छ भन्ने छ । भारत र चीन जस्ता छिमेकी राष्ट्रहरूको रणनीतिक चासोले पनि नेपालको भविष्य मा महत्वपूर्ण भूमिका खेल्नेछ। यसका आधारमा नेपाल असफल राष्ट्रतिर उन्मुख भएको छ भन्ने कुरा गम्भीर चिन्ताको विषय हो। यस समस्याबाट मुक्त हुनका लागि राजनीतिक स्थिरता, आर्थिक सुधार र सामा जिक न्यायका लागि सशक्त कदम चाल्न अत्यावश्यक छ।

Comments