नेपालमा भाषिक एकरुपताको प्रश्न


असोज १४, २०८१, सोमबार | विहान ०५:०८ बजे | 0


नेपालमा भाषिक एकरुपताको प्रश्न

विश्वबहादुर दुवाल
भाषा मानिसको मनको कुरा अभिव्यक्तिको शसक्त माध्यम हो । भाषको प्रयोगले नै मानिस सभ्य वा असभ्य छुट्याउँछ । जुनमानिसले जस्तो किसिमको भाषा प्रयोग ग¥यो त्यसको स्तर र स्वभाव त्यही अनुसार निर्धारण गर्न सजिलो हुन्छ । अर्को शब्दमा भन्दा भाषाको माध्यमबाट नै सभ्यता, विद्धता, शालीनता सबथोकको मूल्ङकन हुन्छ । त्यसैले समाजमा सर्वसाधारण मानिसले समेत सभ्य र शिष्ट भाषाको गर्न रुचाउँछन् ।
जति–जति समाज सम्पन्न र सभ्य हुँदै जान्छ त्यति–त्यति मानिसले अपशब्द, असभ्य भाषा र अशिष्ट भाषाको प्रयोग गर्दैनन् । त्यसको सट्टामा शिष्ट शब्द र मधुर भाषाशैलीको प्रयोग गर्न सिक्छन् । यसबाट नै मानवको सभ्यता, विद्धता, भद«ताको परिचय दिन्छ । त्यसैले नेपालीहरुको ‘राष्ट्रिय भाषा’ नेपालीको विकास र सभ्य बनाउनु पर्नै समयको माग हो । 
संसारका भाषाविदहरुले वैज्ञानिक भाषाको अध्ययनको शिखरमा पुगेर विश्वव्यापी प्रभाव छर्दै छन् । तर हजारौँ वर्ष लामो ईतिहास बोकेको र २ करोड नेपालीले बोल्ने नेपाली भाषाको स्थिति अन्योल पूर्ण छ । भाषामा एकरुपता छैन, न त व्याकरण सम्बन्धी नै एकरुपता छ । भाषा विज्ञान र व्याकरण सम्बन्धमा गो.प. लगायतका विभिन्न अखवारहरुमा बेला बखत छलफलका नवीन धारणा प्रकाशमा आउँछन् । तर नेपालका आधिकारिक भाषाविदहरु र वैयाकरणहरु त्यस बारे कुनै पनि निर्णयात्मक टिप्पणी गर्दैनन् । यसले के आभास पाइन्छ भने नेपालको राजकीय प्रज्ञा प्रतिष्ठान, भाषा प्रकाशन समितिले सबैलाई समेट्न सकिरहेको छैन । बरु केही व्यक्तिको पछाडि त्यसलाई हिंडाई रहेका छन् । त्यसैले होला पर्यवेक्षकहरुले नेपालका आधिकारिक भाषको उन्नति र प्रगतिमाथि ध्यान नदिइ मात्र तलव पकाउने उद्देश्यले काम गरेको पाइन्छ भनेर राय व्यक्त गरेको । यस्तै प्रवृतिले गर्दा आम नेपाली विद्यार्थीहरुलाई अन्योलको स्थिति खडा भैरहेको छ ।
आज छैन, छैन भन्दा भन्दै पनि नेपाली भाषाका व्याकरणका पुस्तकहरुको संख्या बढ्दै गइ रहेका छन् । यसले केही हदसम्म आवश्यकताको पूर्ति भएको छ भने नयाँ नयाँ व्याकरणले नयाँ नयाँ समस्या पनि खडा गरी दिएका छन् । व्याकरणमा विभक्तिलाई छुटै लेख्नु पर्छ वा पर्दैन यो महत्वपूर्ण सवाल उठेको छ । एकातिर केही वैयाकरणहरु विभक्ति जोडेर लेख्नु पर्छ भन्ने पक्षमा देखिन्छ भने केही वैयाकरणहरु विभक्ति छुटै लेख्नु पर्छ भने पक्षमा देखिन्छ । यसलाई अझ डा. मुकुण्ड शरण उपाध्यायको विभक्ति र नामयोगी जोडेने नजोड्ने विवादले अन्योलको स्थिति तयार गरी दिएको छ । २०४३ सालमा प्रकाशित ‘नेपाली भाष व्याकरण, प्रस्तावना र विवेचना’ ले नेपाली व्याकरणमा भएका यथेष्ट गल्तीहरु औंल्याएका छन् तर नेपालको राजकीय प्रज्ञा प्रतिष्ठान, नेपाल भाषा प्रकाशन समिति र आधिकारिक मानिने वैयाकरणहरुले समेत कुनै टिप्पणी गरेको पाईदैन ।
बजारमा च्याउ झैं उम्रीएका व्याकरणहरुमा एकरुपता पाईदैन । सामान्य भन्दा सामान्य विषयमा समेत भिन्नता देखिन्छ । ‘भाषातत्व’, ‘नेपाली सरल व्याकरण’, ‘रचना केशर’, ‘मध्य चन्दि«का’, ‘बृहत नेपाली व्याकरण’ आदिमा स्वर र व्यंजनमा एकरुपता देखिंदैन भने लिंग, वचन, कला पुरुषमा पनि भिन्दा भिन्दै मत पाईन्छ । यस विषयमा सम्बन्धित निकायले समयमै नबोल्दा र निर्णयक टिप्पणी नहुँदा कुनलाई मान्ने कुनलाई नमान्ने या सबैलाई मान्यतादिने कि भन्ने गम्भिर प्रश्न उठेको छ ।  यस विषयमा मैले स्कूल कलेजमा पनि मेरा गुरुहरुसँग ध्यान आकृष्ट गराउँदै आएको थिएँ । एउटै विषयमा एउटै भाषामा र एउटै भाषाको परिवारका सदस्यहरुमा फरक फरक जवाफ पाएँ । त्यसैले थप समस्या खडा गरी दिएको छ । म शिक्षक हुँ मैले कुन नियमको आधारमा जवाफ दिने वा मेरो नैतिकताले पनि त्यहि तलब पचाउने जवाफ पर्काउने ? यो अहम चुनौति सबै शिक्षक र भाषाविदहरु सामु तेसिउको छ । 
अर्कोतिर नेपाली व्याकरण, भाषा विज्ञानमा तद्भव र तत्सम, आगन्तुक तत्सम शब्दको वर्ण बिन्यासमा, विषयमा समानता छैन । न, त, श, ष, स, ण आदिको विषयमै स्पष्ट उल्लेख छैन । यसरी सारमा के भन्ने सकिन्छ भने नेपाली व्याकरण एउटा सही गोरेटोमा नहिंडो फरक लेखकको आ–आफ्नै शैलीमा गईरहेका छन् । अर्को शब्दमा भन्दा नेपाली व्याकरण नियमको निर्धारण भाषा विज्ञानको आधारमा नभैकन हचुवा ढँगले भै रहेको छ । यसले गर्दा जीवनभर नेपाली भाषा पढ्ने पढाउनेले पनि शुद्ध नेपाली भाषा लेख्ने र बोल्न जान्ने छैनन् ।
भाषा जस्तो अत्यन्त महत्वपूर्ण विषयमा वैज्ञानिक तार्किक र सरल हुनु पर्ने देखिन्छ । यस्तो नभै अवैज्ञानिक अतार्किक र असजिलो प्रविधि कायम गर्ने हो भने र सम्बन्धित पक्षले समयमै ध्यान नदिने हो भने नेपाली व्याकरणका पुस्तकहरु र भाषा विज्ञानका ठेलीहरु एकातिर थन्किने छन्, परिणाम स्वरुप भाषामा अराजकताको स्थिति उत्पन्न हुनेछ जो विगतको केही समय देखि हुँदै आएको छ ।

Comments