गरिवको जीवनको कुनै टुंगो नहुँंदो रहेछ


असोज १३, २०८१, आइतबार | दिउँसो ०३:३६ बजे | 55


गरिवको जीवनको कुनै टुंगो नहुँंदो रहेछ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ आशापुरी नैचालका ५१ वर्षीय सानुकान्छा तामाङको परिवार २०७२ सालको महाभूकम्पपछि भत्केको घर बनाउन नसकेपछि टहरामै थिए । तर शनिबारको बाढीपहिरोले उनले परिवारले टाउको लुकाउने टहरो मात्रै होइन बरु जीवनभरसँंग बसेका धर्मपत्नी र साली दुई जना गुमाउन बाध्य भए । 
घटनापछि घाइते सानुकान्छा अहिले भक्तपुर अस्पतालको आइसुयामा छन् । मर्ने वांच्ने अहिलेसम्म केही ठेगान छैन उनको । तर उनको धर्मपत्नी मसली र साली वर्ष ३७ की मनु तामाङको भने आइतबार दाहसंस्कार गरिएको छ । 
सानुकान्छाको परिवारमा आफू, धर्मपत्नी (मृतक वर्ष ५० की मसली) र एक छोराको परिवार थियो । ठूलो छोरा र बुहारी अनि उनका दुई छोराहरु भने काठमाडौंमा डेरा गरी वस्छन् । साली भने पाहुन आएका थिए । 
घटनाबाट वच्न सफल कान्छो छोरा विदुरका अनुसार घटना विहान सवा ६ बजेतिर भएको थियो । उनका अनुसार घटना हुँंदा टहराभित्र आमा र सानी आमा थिए । बुबा सानुकान्छा र आफू टहरा बाहिरै थिए । 
आमा सानीआमालाई चिया खुवाउन चिया बनाइरहनुभएको थियो, बुबा सानुकान्छा र म भने बाहिर थियौं, घटनाका प्रत्यक्षदर्शी विदुरले भने, यतिकैका एक ढिस्का पहिरो आयो । टहरा र टहराभित्रका आमा र सानीआमा पूरैलाई बगाएर लग्यो । 
आफू र बुबा टहराबाहिर रहेकोले बच्न सफल भएको उनले सुनाए । त्यसमा पनि बुबालाई पनि पहिरोले पुरेको र झण्डै दस पन्ध्र मिनेटपछि आफै पहिरोभित्रबाट निस्कन सफल भएको उनले बताए । आफू भने भागेकाले सामान्य चोटपटक मात्रै भएको उनले सुनाए । 
उनका अनुसार आफनो टहरा वरपर अरु घर वस्ती छैन । जंगलको वीचमा उनीहरुको एउटा मात्रै टहरा थियो । घटना भएको देखे पनि तत्काल नजिकैका छरछिमेक पनि सहयोग गर्न आउन सकेनन् । किनकि उनीहरुको वस्ती खोलाबाट माथि थियो । नजिकैको छिमेकहरु खोला तर्न नसकेपछि सहयोग गर्न जानमा ढिलाई भएको थियो । 
घटनाका प्रत्यक्षदर्शी अमित तामाङका अनुसार विहान सवा ६ बजे घटना भएकोमा साँंझ ४ बजेतिर मात्रै दुवै लाश फेला परेको थियो । त्यसपछि लाशलाई केएमसी अस्पताल दुवाकोट भक्तपुरमा पोष्ट मार्टमका लागि लगिएको थियो । पोष्टमार्टमपछि आइतबार साँंझ उनीहरुको बौद्ध संस्कार अनुसार भक्तपुरको हनुमानघाटमा दाहसंस्कार गरिएको हो ।
अविरल वर्षाका कारण शनिबार भक्तपुरमा ५ जनाको मृत्यू, २ जना घाइते, ४१७ घर÷२२४ टहरा डुवान, ५६ जना मानिसहरुको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरुको सहयोगमा उद्दार गरिएको थियो । आइतबार दाहसंस्कार गरिएका दुईजना बाहेक जिल्लामा शनिबार पहिरोमा परी कालिकोट सानी त्रिवेणी न.पा. ५ घर भई हाल भक्तपुर सूर्यविनायक न.पा. वडा नं. ९ सूर्यमोड बस्ने बर्ष २४ की बमिला शाही र (९ महिनाको गर्भ रहेको ) र सोही स्थानमा घर भई सूर्यविनायक ९ मै बस्ने बर्ष १४ की मनिषा शाही, सोही स्थान घर भई सोही स्थान बस्ने बर्ष ४ की श्रीया बमको निधन भएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

गरिवको जीवनको कुनै टुंगो नहुँंदो रहेछ

Comments