थिमि स्वावलम्बनको १७ औं साधारणसभा सम्पन्न


असोज १३, २०८१, आइतबार | विहान ०६:१२ बजे | 40


थिमि स्वावलम्बनको १७ औं साधारणसभा सम्पन्न

सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ६ चपाचोस्थित थिमि स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं वार्षिक साधारणसभा सम्पन्न भयो । 
संस्थाका अध्यक्ष कृष्णबहादुर प्रजापतिको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नपा ६ का वडाध्यक्ष ज्ञानदास प्रजापतिले समूदायमा आधारित थिमि स्वावलम्बन सहकारीको सामाजिक कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । 
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष प्रजापतिले वडाको सरसफाई, विकास निर्माणबारे जानकारी दिदैं सबैको साथ, सहयोग अनि सल्लाह र सुझाव अनुसार आफूहरुले कार्य गर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला बचत संघ भक्तपुरका कोषाध्यक्ष कान्छाभक्त घजु, मध्यपुर थिमि नपा सहकारी शाखा प्रमुख अभयन्द्र रञ्जित, विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापति लगायतका अतिथि वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष कृष्णबहादुर प्रजापतिले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, सांस्कृतिक उत्थान एवं शैक्षिक र स्वास्थ्य शिविरका कार्यलाई थिमि स्वावलम्बन सहकारीले निरन्तरता दिइरहेको जानकारी दिनुभयो । संस्थाका सचिव विनोद प्रजापतिले आर्थिक वर्ष २०८०=०८१ को वार्षिक कार्यक्रमिक प्रतिवेदन पेश गर्दै सहकारीका नीति सिद्धान्त अनुसार सञ्चालित थिमि स्वावलम्बन सहकारीले सहकारी अभियानलाई अघि बढाएको बताउनु भयो । कोषाध्यक्ष दिलकृष्ण प्रजापतिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०=०८१ मा १ करोड ५५ लाख ७० हजार ४ सय रुपैंया खुद बचत भएको तथ्य प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष प्रजापतिले बचतले हाम्रो भविश्य सुखी बनाउँछ भन्ने नारालाई सार्थक बनाउनु सहकारीका सिद्धान्त र मूल्यमान्यतालाई थिमि स्वावलम्बन सहकारीले सदैव आत्मसाथ गरेको बताउनु भयो । संस्थाकी सञ्चालक सदस्य लक्ष्मीकेशरी श्रेष्ठले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष तुईलाल भासिमाले स्वागत मन्तव्य र लेखा संयोजक रामचन्द्र प्रजापतिले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । कमेरोटास्थित न्यू एभरेष्ट पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा चपाचो बाँसुरी खललाई नगद रु.१५ हजार सहित सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणिलाई पनि सम्मान गरिएको थियो । बन्दसत्रबाट सचिवको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थिमि स्वावलम्बन सहकारीका व्यवस्थापक रामचन्द्र प्रजापतिले जानकारी दिनुभयो ।

Comments