कासनमा मासु पसल अनुगमन


असोज १३, २०८१, आइतबार | विहान ०६:०६ बजे | 20


कासनमा मासु पसल अनुगमन

भक्तपुर, १३ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर नगरपालिका वडा नं २ कासन र व्यासीमा रहेको ४ वटा मासु पसलहरु अनुगमन गरियो । अनुगमनमा अधिकांश मासु पसलहरु प्यान र भ्यादमा दर्ता नभएको दर्ता गर्न अनुरोध गर्नुभयो ।
अनुगमनमा कालिका कोल्ड स्टोर दर्ता नविकरण नभएकोले नविकरण गर्न, फ्रिज र पसल सफा गर्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिई तराजु दुई वटै नविकरणको म्याद सकेकोले तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै रामेछाप कोल्ड स्टोर मुल्य सुचि राख्न र प्यानमा दर्ता गर्न निर्देशन दियो ।
त्यस्तै महाकाली मिट सपमा पसल दर्ता गर्न, मासु धुलो र झिंगा नभन्किने गरी जालि छोप्ने वा सिसाको बाकस भित्र राख्ने व्यवस्थान गर्न, फ्रिज सफा गर्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्ननिर्देशन दियो ।
त्यस्तै भक्तपुर फ्रेस हाउस एण्ड सप्लायर्स दर्ता नविकरण २०७६÷२०७७ देखि नै नभएकोले तराजु एक थान जफत गरी तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दिई फ्रिज सफा गर्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो । 
अनुगमनमा समितिका सदस्य ज्ञान बहादुर मानन्धर, सदस्य सचिव एवम् भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, पशु सेवा कार्यालयका पार्वती योञ्जन, जिल्ला प्रशासन कार्याल भक्तपुरका यादव प्रसाद मिश्र र उद्योग तथा बाणिज्य कार्यालय, भक्तपुरका लक्ष्मी प्रसाद कासुलाको सहभागी थियो ।

Comments