उदय साकोसको साधारणसभा तयारी समिति गठन


असोज १३, २०८१, आइतबार | विहान ०२:२८ बजे | 30


उदय साकोसको साधारणसभा तयारी समिति गठन

भक्तपुर, असोज १२ । लिवालि ८ स्थित उदय बचत तथा ऋण सहकारी संस्थाको २८ अाैं साधारणसभा सम्पन्न गर्न साधारणसभा तयारी समिति गठन गरिएको छ ।

संस्थाको अध्यक्ष रामकृष्ण प्रजापतिले सामुहिक हितको काममा एक्लैको प्रयास भन्दा सहकार्यमा जोड दिनुभयो । संस्थाका उपाध्यक्ष तथा २८ आैं साधारणसभा तयारी समितिका संयोजक न्हुछे बहादुर प्रजापतिले संस्थाको सामुहिक एकताबद्धको कामलाई प्रचारप्रसार गर्नुपर्ने बताउँदै लेखापरीक्षण, कर्मचारी व्यवस्थापन तथा विविध खर्चमा संचालकलाई सजग गराई हाम्रोको भावनामा लाग्नुपर्ने बताउनुभयो । 
उक्त तयारी समितिले मञ्च व्यवस्थापन समिति संयोजक राम कुसी, चियापान व्यवस्थापन समिति संयोजक कृष्णगोपाल राजचल, अतिथि सत्कार तथा व्याच वितरण समिति संयोजक दयालक्ष्मी प्रजापति, पुरस्कार तथा मायाको चिनो व्यवस्थापन समिति संयोजक सोहन रन्जित, बाजागाजा व्यवस्थापन समिति संयोजक सिद्धिनारायण कोजू, उपस्थित उपहार तथा चिठ्ठा कार्यक्रम समिति संयोजक दिनेश कुसी लगायत क्यामरा व्यवस्थापन समिति संयोजकमा देवेन्द्र प्रजापतिलाई छनोट गरिएको छ । संस्थाका जेष्ठ सदस्यद्वारा उद्घाटन हुने २८ आैं साधारणसभामा शेयरसदस्यलाई १६ प्रतिशत लाभांश तथा करबाहेक रू. ५०० उपस्थिति भत्ता वितरण गर्ने संस्थाले जनाएको छ ।

Comments