सकियो स्वेत भैरब बचतको १७ औ साधारणसभा
असोज १२, २०८१, शनिबार | दिउँसो ०१:०१ बजे | 40
भक्तपुर, असोज १२
स्वेत भैरब बचत तथा श्रृण सहकारी संस्था लिमिटेड जेलाँं भक्तपुरको शनिबार भक्तपुरमा भएको १७ औ वार्षिक साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । भक्तपुरको लिवालिस्थित वल्र्ड दरवारमा भएको साधारणसभाको उदघाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले गरेका थिए । कार्यक्रममा सांसद् सुवालले स्वस्थ्य नै सवैभन्दा ठूलो धन भएको भन्दै अहिले जताततै डेंगु रोगले विगविगी भएकाले सचेत रहन सम्पूर्णसँंग अनुरोध गरे ।
कार्यक्रममा सहकारी ठगहरुलाई ठुला राजनीतिक दलहरुले संरक्षण गरेकै कारण जनता सहकारीबाट पीडित हुनुपरेको वक्ताहरुले व्यक्त गरे । कार्यक्रमका वक्ताहरुले सहकारी ठगहरुलाई ठुला राजनीतिक दलहले संरक्षण गरिरहेको आरोप लगाए ।
जसमाथि सहकारी ठगीको आरोप छ, उनैलाई भर्खरै मात्रै सहकारीहरुको अनुगमन गर्ने राष्टिय सहकारी वंैकको जिम्मेबारी दिइएको छ, उनीहरुले भने, आआफनो पार्टीका सहकारी ठगहरुलाई आआफनो पार्टीले संरक्षण गर्नु नै सहकारीबाट जनता पीडित हुनुको मुख्य कारण हो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कोजू, नेपाल मजदुर किसान पार्टी ८ नं वडा कमिटीका अध्यक्ष लक्ष्मीनारायण दुवाल, जिल्ला बचत तथा श्रृण सहकारी संस्था भक्तपुरका सचिव जग्गनाथ प्रजापति, आयोजक संघका अध्यक्ष जितेन्द्र खायमली, सचिव रत्नप्रसाद सैंजू, कोषाध्यक्ष लक्ष्मीप्रसाद दुवाललगायतले सहकारीका विभिद् विषयहरुमा चर्चा गरेका थिए ।
कार्यक्रममा विक्रम संवत् २००१ साल भन्दा अगाडि जन्म भएका संस्थाका सदस्य जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । साथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियो ।