सूर्यविनायकका मेयर थापालाई कोरोना


मंसिर १३, २०७७, शनिबार | विहान १०:४७ बजे | 20


भक्तपुर । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापालाई कोरोना पोजेटिभ देखिएको छ । आफ्नो आधिकारिक फेसबुक मार्फत् उहाँ आफैले आज उक्त कुराको जानकारी दिनुभएको हो।
नगरप्रमुख थापाले केहिबेर अघि अपडेट गर्नु भएको उक्त स्टाटसमा लेखेका छन्ः “अस्ति बिहीबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो । शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। हालसम्म पनि हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन् । केही दिन यता म सँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।“
हालः होम आइसोलेशनमै रहनु भएका नगर प्रमुख बासुदेव थापाज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

Comments