साँंगा झोलुंगे पुल तर्न शुल्क लिन नहुने भनेकी महिलालाई पक्राउको माग


असोज ८, २०८१, मङ्गलबार | दिउँसो ०३:१५ बजे | 70


साँंगा झोलुंगे पुल तर्न शुल्क लिन नहुने भनेकी महिलालाई पक्राउको माग

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९÷१० को सिमाना सूर्य मोड साँंगामा रहेको झोलुङ्गे पुल तर्न टिकट काटनु नपर्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा भिडियो शेरय गर्ने एकजना महिलालाई पक्राउ गर्न जाहेरी दर्ता भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरुबाट कानुन हातमा लिएर अराजक गतिविधि गरेको भन्दै अभियन्ता आशिका तामाङलाई प्रकाउ गर्न मंगलबार जाहेरी दिइएको हो । उनीमाथि कानुन सम्मत कारबाही गर्न जनप्रतिनिधिहरुले प्रहरी बृत जगातीमा जाहेरी दर्ता गरेको हुन् । 
्यसअघि नगरपालिकाले यस विषयमा नगरपालिका कार्यालयमै पत्रकार सम्मलेन गरी पुल तर्न टिकट काट्नुपर्ने बनाउनु ठिक हो भनी बचाउ गरको थियो । साथै यसैका विरुद्ध कान्तिपुर राष्टिय दैनिकले आज मंगलबार मुख्य समाचार बनाएको थियो ।  

Comments