ताथलीको प्रगति युवा समाजको अध्यक्षमा हरिसुन्दर
असोज ८, २०८१, मङ्गलबार | विहान ०६:०१ बजे | 55
भक्तपुर । भक्तपुर ताथलीको प्रगति युवा समाजको पुनः गठन भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सक्रिय हुँदै विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुदका कार्य गर्दै आइरहेको समाजको सोमबार पुनः गठन भएको हो ।
वि. सं. २०६८ सालदेखि सक्रिय रहेको सो समाजले सोमबार गरेको भेलाले पुनः गठन गरिएको समाजले जनाएको छ । समाजले वि. सं २०७४ सालदेखि नेपाल संवतको अवसरमा हरेक वर्ष ताथलीमा भिन्तुना र्याली गर्दै आइरहेको छ ।
पुनः गठित समाजमा ९ सदस्यीय कार्यसमिति रहेको छ । समाजको अध्यक्षमा हरिसुन्दर छुकां, उपाध्यक्षाा सचिव उत्तम सारखकर्मी, सचिवमा रवीन्द्र न्हेम्हाफुकी र कोषाध्यक्षमा जयकृष्ण न्हेम्हाफुकी सर्वसम्मत चुनिएका छन् ।
यस्तै सदस्यहरूमा रमेश न्हेम्हाफुकी, हरिसुन्दर गोसाई,ः जीवन त्वायना, अनिल थुयाजु, राजु बोहजू सर्वसम्मत चयन भएका छन् ।
समाजका निवर्तमान अध्यक्ष रविन बासुकलालाई सल्लाहकारमा चयन गरिएको छ । सल्लाहकारमा चयन भएका बासुकला चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा सदस्य समेत हुन् ।
समाजले ताथलीमा विभिन्न सामाजिक क्रियाकलाप गर्ने योजनालाई पारित गरेको छ ।