ला छक्व वे क सम्हेवजी ः वल वल पुलुकिसी


असोज ६, २०८१, आइतबार | दिउँसो ०१:३२ बजे | 50


ला छक्व वे क सम्हेवजी ः वल वल पुलुकिसी

भक्तपुर । इन्द्रजात्राको अन्तिम दिन आइतबार भक्तपुरमा पुलुकिसी जात्रा मनाइएको छ । जात्रा साँंझ भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भएको थियो । 
जात्राका क्रममा पुलुकिसी अर्थात् इन्द्रका बाहन ऐरावत हाती नगर परिक्रमा गराइएको थियो । बाँंसलगायतबाट हातीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गराइएको हो । बाँंसबाट हाती आकार दिई त्यसलाई हातीको आकृति लेखिएको सेतो कपडाले छोपेर बनाइएको पुलुकिसीभित्र मानिस बसेर त्यसलाई नगर परिक्रमा गराइएको हो । नगरभरि वडो उल्लासकासाथ जात्रा मनाइएको छ । 
पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एक जना मानिसले अगाडिअगाडि बसेर घण्टा बजाइएको थियो । घण्टा बजाउँदै पुलुकिसी आएको संकेत दिएर त्यसलाई नगर परिक्रमा गराइएको हो । यो क्रममा ठाउँंठाउँं, चोकचोकमा पुलुकिसीलाई ओहोरदोहार गराइएको थियो । साथै पुलुकिसीसँंग हिडेका मानिसले अगाडि छ्वाली बालेर अगाडि वढेको थियो । 
जात्रा हेर्न नगरभरि ठूलो भीड लागेको थियो । पुलुकिसी हिडाउने नगरका बाटाहरुका दुई छेउमा विशेष भीड लागेको देखिएको थियो । सडकका पेटीपेटीमा वसेर श्रद्धालु दर्शक जात्रा हेरेर रमाएका थिए । विशेष गरी गल्लीगल्ली भन्दा पनि चोकचोक, जहाँं पुलुकिसीलाई ओहोरदोहोर गराइन्छ, त्यस्ता ठाउँंहरुमा हजारौ दर्शकको भीड लागेको देखिएको थियो । विशेष गरी भक्तपुर दरवार स्क्वायर, टौमढी, दतात्रयलगायतका चोकहरुमा जात्रा हेर्नेको विशेष भीड लागेको थियो । 
जात्रा लाकुलाछेंबाट सुरु भई त्यही पुगेर टुंगिने चलन छ । यो बीचमा लाकुलाछेंबाट गाइजात्राको क्रममा नगर परिक्रमा गराउने रुट भई पूरै नगर परिक्रमा गराइन्छ । लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरवार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गराइएको थियो । दरवार स्क्वायरबाट पुन बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दतात्रयमा ल्याइएको थियो । त्यहाँंबाट पुन इनाचो, गोल्मढी हुँदै टौमढी ल्याइ लाकुलाछेमै पुगेर जात्रा सम्पन्न गरिने चलन छ । 
पुलुकिसीलाई नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले छुवाउन नहुने जनविश्वास छ । नगर परिक्रमा गराउँंदा सुँंडले छोएमा विरामी हुने वा मृत्युसम्म हुने जनविश्वासका छ तर हिजोआज उत्श्रृंखल युवाहरु त्यही सुँड समातेरै पुलुकिसीसँंगै हिड्छन् । नगर परिक्रमा गराउने क्रममा तलातुंछी (इनार)मा पुगेपछि पानी खुवाउने चलन छ ।
स्थानीयका अनुसार जात्राका लागि आवश्यक सवै तयारी स्थानीयले गर्ने गर्छन् । पहिलाकै जोहो गरेका सामानबाट पुलुकिसी बनाउने गरिन्छ । प्रत्येक वर्ष पुलुकिसी बनाइ नगर परिक्रमा गरेपछि आफूहरुले ती सामानलाई अर्काे वर्षका लागि स्थानीय पाटीमा जोहो गरेर राख्ने स्थानीयले सुनाए । 
इतिहास एवं संस्कृतिविद् डा वीरेन्द्रप्रसाद कायष्ठका अनुसार स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा चलाइदै आएको छ । पारिजात फूल टिप्न पृथ्वीलोक आएका छोरालाई वन्धक बनाएपछि उसलाई खोजेर स्वर्गमा लैजान आफनो बाहन ऐरावत हातीलाई पृथ्वीमा घुम्न पठाएको किंम्वदन्ती रहेको उनले सुनाए । पुलुकिसी जात्रासँंगै भक्तपुरको इन्द्रजात्रा सम्पन्न भएको छ ।

Comments