भक्तपुरमा कति ठगिए सहकारीबाट ?
असोज ६, २०८१, आइतबार | दिउँसो १२:५४ बजे | 210
भक्तपुर । भक्तपुर जिल्लामा सवैभन्दा वढी सहकारी पीडितहरु सूर्यविनायक नगरपालिकामा रहेको बताइएको छ । जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी पीडितहरु सूर्यविनायक नगरपालिका क्षेत्रका रहेको बताइएको हो ।
नेपाल प्रेस सेन्टर सूर्यविनायक भक्तपुरले सहकारी क्षेत्रप्रति वढ्दो अविश्वास र भाबी चुनौती विषयमा आइतबार गरेको अन्तरक्रिया कार्यक्रमका जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी सहकारी संस्थाहरु पनि सूर्यविनायक नगरपालिका क्षेत्रभित्रै रहेको जानकारी गराइयो । जिल्लाका चारमध्ये सूर्यविनायक नगरपालिका क्षेत्रमा दुई सय तीन वटा रहेका छन् । त्यसपछि वढी भक्तपुर नगरपालिका क्षेत्रमा रहेका छन् । यहाँं एक सय ५६ वटा सहकारीहरु रहेका छन् । त्यसपछि वढी मध्यपुर थिमि नगरपालिका क्षेत्रमा एक सय २८ वटा सहकारीहरु रहेका छन् । सवैभन्दा कम भने चाँंगुनारायण क्षेत्रमा रहेका छन् । त्यहाँं ७१ वटा मात्रै सहकारी संस्थाहरु रहेका छन् ।
भक्तपुर जिल्ला सहकारी संघका सचिव रामप्रसाद कासुलाले भक्तपुरमा सवैभन्दा वढी सहकारी सूर्यविनायक नगरपालिका क्षेत्रमा रहेको र सवैभन्दा वढी पीडित पनि सूर्यविनायक नगरपालिका क्षेत्रमै रहेको जानकारी गराए । जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी पीडित भयो भनेर गुनासो सूर्यविनायक नगरपालिका क्षेत्रबासीहरु आउने गरेका छन्, कार्यक्रममा उनले भने, यहाँं पनि अरु ठाउँंहरुमा जस्तो वचत फिर्ता भएन भनेर नै गुनासो गर्न आउनेहरु छन् ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले सहकारी पीडितहरु नठगिउन भनेर नगरपालिकाले ऐन, कानुन, नियमावलीहरु वनाउँंदै आएको जानकारी गराए । साथै पीडितहरुलाई सहयोग गर्ने काम पनि गर्दै आएको उनले सुनाए । नगरभित्र सञ्चालनमा रहेका सहकारीहरुमध्ये समस्याग्रस्त सहकारीहरुको पहिचान गरी घोषणा गर्दै आएको उनले बताए । साथै पीडितहरुलाई उनीहरुको बचत फिर्ता गराउने प्रक्रियामा रहेको पनि उनले बताए । साथसाथै पीडितहरुको बचतलाई केकसरी सुरक्षित गर्न सकिन्छ भन्नेबारे पनि योजना बनाउँदै आएको उनले बताए ।
कार्यक्रममा जिल्ला वचत तथा श्रृण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारीको सिद्धान्त अनुसार सञ्चालनमा रहेका कुनै पनि सहकारीहरु समस्यामा नरहेको स्पष्ट पारे । सहकारीको सिद्धान्त विपरित समुदायमा आधारित नभएका सहकारीहरु मात्रै समस्यामा परेको देखिएको अनुभब उनले सुनाए । साथसाथै सहकारीलाई पैसा संकलन गर्ने र अन्य क्षेत्रमा लगानी गर्ने बदनियतका साथ सञ्चालन भएका सहकारी सञ्चालकहरुका कुनियतका कारण जनता पीडित भएको उनले बताए ।
आयोजक सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले संसददेखि सडकसम्म सवैतिर पीडितहरु पीडा मात्रै पोखिने गरेको भन्दै दुःख व्यक्त गरे । चियापसलदेखि संसद भबनसम्म नै सहकारी पीडितका कुरा बल्झिएको भन्दै समाधानको बाटोमा केही इटा थप्ने कोसिसस्वरुप कार्यक्रम गरेको भनेर कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे ।
फाेटाेमा हेर्नुहाेस्...