सकियो उपकार सहकारीको ३० औं साधारणसभा


असोज ६, २०८१, आइतबार | दिउँसो १२:१९ बजे | 35


सकियो उपकार सहकारीको ३० औं साधारणसभा

मध्यपुर थिमि । मध्यपुर थिमि नपा ६ बाहाखाबजारस्थित उपकार बचत तथा ऋण सहकारी संस्था लि.को ३० औं वार्षिक साधारणसभा सम्पन्न भयो । 
संस्थाका अध्यक्ष जयकृष्ण दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीको सिद्धान्त, मूल्य, मान्यतालाई आत्मासत गरेर समूदायमा आधारित सहकारीमा कुनै समस्या नरहेको दावि गर्दे शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रमका विशेष अतिथि सहकारीविद् कैलाशभक्त प्रधाना»्गले सहकारी ऐन, नियमावलीको अध्ययन र कार्यान्वयनमा जोड दिनुभयो । 
उपकार साकोसका संस्थापक अध्यक्ष कृष्णबहादुर घजुले संस्थाको हालसम्मको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, कृषि गतिविधि सहित स्वागत मन्तव्य व्यक्त गर्र्नुभयो । उपकार साकोसका अध्यक्ष जयकृष्ण दुुवालले मेरो उपकार, सपना साकार जन्मदेखि मृत्युसम्म, उपकार बचत घरघरसम्म भन्ने नारालाई सार्थक बनाउन कृयाशील रहेको बताउनु भयो । अध्यक्ष दुवालले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, सांस्कृतिक सचेतनादेखि नेतृत्व विकासमा उपकार साकोस निरन्तर कृयाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका सचिव तुल्सीकृष्ण छुँजुले वार्षिक प्रगति प्रतिवदेन र कोषाध्यक्ष रवि घजुले आर्थिक प्रतिवेदन २०८०=०८१ प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष घजुको आर्थिक प्रतिवदेनमा आ.व.२०८०=०८१ मा २ करोड ५६ लाख ६२ हजार ९ सय रुपैंया कुल बचत (नाफा) भएको उल्लेख गरिएको छ । 
कार्यक्रममा नित्यनाथ बाँसुरी खलः नगदेशद्धारा व्याचुली धुन, मालश्री धुन प्रस्तुत गरिएको थियो । मध्यपुर थिमि कमेरोटारस्थित न्यू एभरेष्ट पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा नित्यनाथ बाँसुरी खलः, महाकाली नाचका गुरुहरु एवं उत्कृष्ट बचतकर्ता र ऋणिलाई पनि सम्मान गरिएको थियो ।

Comments