विश्व शान्ति पदयात्रा भक्तपुर पुग्यो


असोज ५, २०८१, शनिबार | दिउँसो ०२:०८ बजे | 65


विश्व शान्ति पदयात्रा भक्तपुर पुग्यो

काठमाडौं । स्वयम्भूको फेदीस्थित आनन्दकुटी बिहारको प्राङ्गणबाट सुरु भएको तीनदिने सांस्कृतिक द्धिप पदयात्रा शनिबार भक्तपुर आइपुगेको छ । टोलीले पहिलो रात भक्तपुरको मुनि विहार इनाचोमा विताउने भएका छन् । शनिवार बिहान ०७ः०० बजे जम्मा भई पदयात्रा सुरु भएको थियो । 
वौद्ध धर्मका लागि विश्व समाजको आयोजनामा कार्यक्रम भएको हो । समाजका उपाध्क्ष आर के शाक्यले विश्व शान्तिको मुख्य उद्देश्यका साथ नेपाल शान्ति पदयात्रा गरेको जानकारी गराए । 
यसवर्ष सन २०२४ को शान्ति पदयात्रा व्यवस्थापनको नेतृत्व बर्ड फोरम फर बुद्धिजमले हलिं नेवा गुठीसंगको सहकार्यमा गरिएको जनाइएको छ । 
हरेक वर्ष अन्तराष्ट्रिय शान्ति दिवशको अवसरमा विभिन्न संघसंस्थाको व्यवस्थापनमा काठमाडौको स्वयम्भूबाट काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिकाको नःम बुद्ध सम्म तीनदिने “सांस्कृतिक शान्ति द्विप यात्रा“ गर्दै आएको कार्यक्रम संयोजक विश्व उलकले बताए । 
आनन्दकुटी बिहारको प्राङ्गणबाट सुरु भएर स्वयम्भू महाचैत्य परिक्रमा गरी भगवान पाउ हुँदै धर्मकीर्ति बिहार श्रीःघ, चा वहि, खास्ती, नगदेश बिहार, उत्तम मुनी महाविहार भक्तपुर, ध्यानाकुटी विहार बनेपा, नःम बुद्ध द्योछे पनौती हुँदै नःम बुद्ध मन्दिर नमो बुद्धसम्म पुगेर आश्विन ७ गते (२३ सेप्टेम्बर) सम्पन्न गर्ने जनाइएको छ । 
यसअघि भक्तपुर पुगेको टोलीलाई दूधपाटीमा स्वागत गरिएको थियो । त्यहाँंबाट नगर परिक्रमा गरी मुनि विहार इनाचो पुगेको थियो । इनाचो पुगेपछि त्यहाँं भव्य स्वागत कार्यक्रम भएको थियो । मुनि विहारका अर्जुन भन्टे, समाजसेवी डा इन्दुल केसीलगायतका सहभागितामा त्यहाँं भव्य कार्यक्रम भएको थियो । भोलि विहानै टोली त्यहाँंबाट नमोवुद्ध काभ्रेतिर लाग्ने जनाइएको छ । 

Comments