समय साकोसको १४ औ वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न


असोज ५, २०८१, शनिबार | दिउँसो ०१:१९ बजे | 55


समय साकोसको १४ औ वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न

भक्तपुर ५ असोज २०८१ । नेमकिपाका केन्द्रीय अध्यक्ष एवं बरिष्ठ राजनीतिज्ञ श्री नारायणमा विजुक्छें  ज्यूको प्रमुख आतिथ्यतामा समय बचत तथा ऋण सहकारी संस्था लि.को १४औ वार्षिक साधारणसभा भव्यताका साथ स्थानीय महेश्वरी बैक्वेत, भक्तपुरमा सम्पन्न भयो । 
सभाको उद्घाटन गदै प्रमुखको अतिथिको मन्तव्य राख्ने क्रममा भक्तपुरमा सहकारीले विशेषत नगरभित्रका सहकारीले साँस्कृतिक, शैक्षिक, सामाजिक स्तर उकास्नमा सहयोगी भुमिका खेलेको, सहकारी र स्थानीयको सरकारको पहलमा भक्तपुरमा प्रत्येक व्यक्ति एक साँस्कृतिक तथा भाषिक विधा सिकाउनु पर्ने, पँुजीबादी व्यवस्थाको यो सरकारले नेपालको नदीनाला, महत्वपुर्ण श्रोत साधन हिन्दुस्तानलाई हस्तान्तरण गर्नु, दिनु, हिन्दुस्तानको अनुकुल नीति नियम बनाई दिनु नेपाली जनता प्रति शोषण, अन्याय भएको र सहकारीले स्थानिय भाषा, कृषि उत्पादनमा जोड दिएर सहकारीले ध्यान दिनु पर्ने, पैसाको, बचत तथा ऋण कारोवार मात्र गरेर बैक जस्तै बन्न नहुने बताउनुभयो । साथै टि.भी, ल्याकटप, मोवाई, लुगा धुने (वासिडमेसिन), विजुली चुल्हो, कोठा सफा गर्ने भ्याकुम किनर, चिस्याउने (रेफ्रिजेरेटर), ओभन(विजुलेले खाना तताउने) , आदि मर्मत गर्ने तालिम दिएको भए देशको अरबौ खर्बौ रुपैयाँ बचाउने काम हुने थियो भन्ने नयाँ पुस्तामा कलपुर्जा, विद्युतबात चल्ने सामानको ज्ञान हासिल गरेका युवा मिस्त्रीहरु तयार हुने बताउनुभयो ।
नेपाल सरकारले कृषि सहकारीलाई जानाजान कृषि शब्द झिकेर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाम राखी देशका सबै सहकारी संस्थालाई निजी फाइनान्स कम्पनी वा स साना निजी बैक बनाउन दिएर बहुमत गरिव किसानहरुलाई विश्वास घाट गरेको आरोप कसैले लगायो भन्ने होइन भन्न गाहो छ । सहकारीको नाममा देशका ठुलठुला बैकहरुलाई खाजा पुयाएर अबपति र खर्बपतिहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपले हित गर्ने काम भएकै हो बताउनु भयो ।
कृषिका विभिन्न हागा बिगा, कुतिर व्यवसाय र घरेलु उद्योग निमार्ण गर्ने नीति बनाएर जोताहा र गरिव किसानहरुलाई रोजगारी प्रदान गर्ने र कामदार जनताको श्रमशक्तिलाई उपयोग गर्ने नीति लिएको भए नेपाल सरकारलाई जनमुखी सरकार भन्न सुहाउथ्यो भन्ने कुरा बताउनुभयो ।
सहकारीका माथिल्ला संचालकहरु जनताको अरवौ र खर्बौ रकम लिएर भागे । यो संभावना बारम्वार संसदमा गम्भिर ध्यान आर्कषित गराइए पनि सरकारले वास्ता नगरेको हुन्दाँ सरकारी मन्त्रीहरु नै अपराधका कारक भयो । विषय बस्तुको जानकारी नराखी तथा समस्याको समाधान बारे अन्नभिज्ञहरु मन्त्री बन्नु हुने थिएन । तिनीहरुलाई जिम्मेवार बनाउने कानुन नबनेकोमा प्रधानमन्त्रीहरुले नै नैतिक जिम्मेवारी लिनु पर्दछ भन्ने बुद्धिजिबी र व्यापक जनताको मनको पुकार हो  भन्ने कुरा बताउनु भयो ।
भनपा ८ नं वडाका वडाअध्यक्ष श्री कृष्णप्रसाद कोजुले युवाहरु दुव्यसनीमा फस्दै जानु दुःखदको कुरा भएको र सो घटाउन तथा निराकरण गर्नको लागि युवा तथा महिलाहरुलाई जनचेटना मुलक कार्यक्रम मार्फट सचेत गराउनु पर्ने बैकिङ्ग कारोवारमा खाली चेकमा हस्ताक्षर गर्दा, कारोवार गर्दा विशेष ध्यान दिनुपर्ने कुरा व्यक्त गर्नु भयो ।
सभाका अतिथि नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष एवं बागिश्वरी मावि तथा बागिश्वरी कलेजका संयोजक श्री ज्ञानसागर प्रजापतिले सहकारी व्यवस्थापन कोअपरेटिभ म्याजेमेन्ट विषयमा पढाई हुने  व्यवस्था गर्नमा सहकारी क्षेत्रले सहयोग गर्नुपने, कक्षा १२ पास हुने वितिकै विदेशमा पढ्न तथा कामको लागि जाने प्रबृतिले स्नातक र स्नाकोत्तरमा विद्यार्थी नहुनु चिन्ताजनक विषय रहेको बताउने उहाँले पुजीँबादी व्यवस्थामा भष्टाचार बढी हुने बताउनु भयो ।
सभाका अर्का अतिथि नेस्फ्कुनका संचालक सदस्य श्री मन्दरा मिश्रले बत्तीको वरिपरि गएर किरा मरे जस्तै, मिठाईमा मौरी मरे जस्तै चर्को व्याजको लोभमा आफ्नो साँवा मारिरहेको हुनाले व्याज र नाफाको लोभमा गैर समुदायिक समुदायमा आधारित सहकारीमा बचत, पैसा राख्न नहुने, समुदायमा आधारित सहकारी पहिचान गरी त्यस्तै संस्थामा बचत, पैसा राखी सदस्य हुनुपर्ने बताउनु भयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिं. का संचालक सदस्य श्री काजी बहादुर पंचज्यूले  सहकारी संचालकहरु आर्थिक अनुशासनमा बस्नु पर्ने, आर्थिक अनुशासनमा रही संचालन भएका सहकारीले सदस्यहरुको हित गर्ने बताउनुभयो ।
सभामा मित्र सहकारीको प्रतिनिधित्व गदै मन्तव्य राख्नु भएका सिद्धि गणेश साकोसका उपाध्यक्ष श्री विश्वराम दुमरुले सहकारी क्षेत्रमा अहिले पनि नराम्रा, ठगी गर्ने सहकारी लुकेर बसेका छन् । यसबाट सजग, सर्तक रहन सबैलाई ध्यानाकर्षण गराउनु भयो ।
यस संस्थाका अध्यक्ष श्री श्यामसुन्दर बेकोजुज्युले संचालन गर्नु भएको दोश्रो चरणको बन्द सत्रमा क्रमशःसचिव श्री लक्ष्मीप्रसाद छुस्यावाग कोषाध्यक्ष श्री लक्ष्मीप्रसाद गाईजु लेखा सुपरिवेक्षण संयोजक श्री विक्रम ढुकुछु, शिक्षा उपसमितिको संयोजक श्री रामप्रसाद अवाल, ऋण उपसमितिको संयोजक श्री चन्द्रकृष्ण ग्वाछा, तथा बाह्य लेखा परिक्षकले आ– आफ्नो वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । सो प्रतिवेदनहरु पारित गरेको सो कार्यक्रममा क्रमशः संचालक सदस्य श्री चन्द्रकृष्ण ग्वाछाले स्वागत मन्तव्य, संचालक सदस्य श्री शर्मिला लाखेले धन्यवाद मन्तव्य र सचिव श्री लक्ष्मीप्रसाद छुस्याबागले कार्यक्रम संचालन गर्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

समय साकोसको १४ औ वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न

Comments