मन्दीबाट सम्बृद्धितर्फको यात्रा — नीतिगत व्यवस्थामा निजी क्षेत्रको भूमिकामा जोड
असोज ४, २०८१, शुक्रबार | दिउँसो १२:५८ बजे | 40
ललितपुर । नेपाल सरकार, उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री माननीय दामोदर भण्डारीज्यूको प्रमुख आतिथ्यतामा ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारण सभा असोज ४ गते यल दरबार हलमा सम्पन्न भएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै संघका अध्यक्ष विश्व राज बज्राचार्यज्यूले रेमिटेन्समा निर्भर देखिएको देशलाई उद्यमशीलता र उत्पादनमुखी बनाउन स्टार्टअप जस्ता नीतिसँगे राज्यका सबै तहबाट नीजि क्षेत्रमैत्री नीतिगत व्यवस्था निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । स्वदेशी उत्पादनले विदेशी ब्यवसायसँग प्रस्तिपर्धा गर्न सक्ने अवस्थामा तर्फ डोहर्याउन संघले तय गरेको इमानदारी, संस्थागत नेतृत्व, सान्दर्भिकता र निरन्तरताका ४ खम्बे रणनीतिलाई १४ बँदे कार्यक्षेत्र मार्फत ६५ क्रियाकलापहरुमा केन्द्रित रहि यो वर्षलाई कार्यान्वयन वर्षका रुपमा बढ्ने बताउनु भयो । उहाँले उद्योग व्यवसायमा विकास, समृद्ध ललितपुर नारासहित हस्तकला नगरीको पहिचान बृद्धि गर्न जिल्लाका उद्योग तथा उत्पादन क्षेत्रको पहिचान गर्दै यहाँका उत्पादनलाई द्यचबलमष्लन तथा कपि राईट अवधारणामा अग्रसर रहने बताउँनुभयो । सरकारको स्टार्टअप नेसन कार्यक्रम अनुरुप युवा उद्यमशीलता प्रवद्र्धनतर्फ सृजनशील ईकोसिष्टम बनाउन क्ष्ललयखबतष्यल वा क्ष्लअगदबतष्यल ऋभलतभच संरचना निर्माण र संचालनका कार्यमा संघ अगाडी बढेको बताउँदै यसकालागि राज्यका सबै निकायबाट नीतिगत व्यवस्थामा नीजिक्षेत्रमैत्री सहकार्य र सहयोगको आवश्यकतामा जोड दिनुभयो ।
संघको वार्षिक अर्थ स्मारिका २०८१ बिमोचन पश्चात सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री भण्डारीज्यूले आर्थिक मन्दीबाट सम्बृद्धिको यात्रामा लाग्न नेपालीहरुमा छाएको निराशावादी भाष्यलाई चिर्न आवश्यक भएकोमा जोड दिनुभयो । प्रादेशिक तथा स्थानिय सरकारको सहभागिता भएको साधारण सभाले राज्यका सबै निकायसँग नीतिगत वा अन्य आवश्यक सहकार्यको स्पष्ट आधार तय गरि अगाडी बढ्न सकोस भनि शुभकामना व्यक्त गर्नुभयो । नीजिक्षेत्र उत्साहित बनेको अवस्थामा मात्र राज्यको कार्यक्रमहरु प्रभावकारी हुनेमा जोड दिंदै मन्त्रालयले अर्थ, नेपाल राष्ट्र बैंक लगायतका सरोकारवालाहरुसँग समन्वय गर्दै नीजिक्षेत्रमैत्री नीतिगत सुधारतर्फ अग्रसर रहने प्रतिवद्धता जनाउनुभयो । राज्य हाम्रो पनि हो भन्ने अपनत्व भाव बृद्धि गर्न, युवा उद्यमशीलतामा जोड दिंदै राज्यले मौद्रिक नीति, स्टार्टअप नेसन लगायतका विभिन्न लगानी मैत्री वातावरण तयार गरिसकेको अवस्थामा नीजिक्षेत्रले थप नीतिगत सुधारमा सहकार्य गर्न आह्वान गर्नुभयो ।
विशिष्ट अतिथी प्रतिनिधी सभा सदस्य माननीय प्रेम महर्जनज्यूले नीतिगत विकाससँगै युवाहरुको नवप्रवर्तन सोच तथा उद्यमशीलतालाई लक्ष्योन्मुख कार्यान्वयनतर्फ सहकार्यमा नीजि क्षेत्रको सक्रिय भूमिका रहनेमा जोड दिनुभयो । लउवा संघको संयोजकत्वमा जिल्लाको युवा उद्यमशीलता तथा उद्योग व्यवसायको तात्कालिक आवश्यकतालाई प्राथमिकता दिने कार्यक्रमको अनुरोध गर्दै वहाँले राज्यका सबै निकायसम्म आवश्यक ध्यानाकर्षणकालागि आफू जनप्रतिनिधीका हैसियतले माध्यम बन्न तैयार रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालज्यूले कोभिड पछि युक्रेन रसियाको युद्ध र राज्यको नीतिगत व्यवस्थाको ग्यापले छाएको निराशालाई चिर्न महासंघले बिगत डेढ वर्षमा धेरै सकारात्मकतातर्फ कार्य गरेकोमा जोड दिनुभयो । विगतमा सम्पन्न लगानी सम्मेलनले ल्याएका करीब ८ वटा नीतिगत परिवर्तनलाई नीजिक्षेत्रकै पहलमा नेपालका सबै राजनैतिक दलको समर्थन जुटाउन सफल भएका कारण नेपालमा नीजिक्षेत्रमैत्री वैदेशिक लगानीको सम्भावना बढेको उहाँले बताउनुभयो । यससँगै अर्थतन्त्रको नकारात्मक भाष्य चिर्न नेपालमा बैदेशिक मात्र हैन आन्तरिक लगानीको सम्भावना पनि छ भन्ने तर्फ महासंघको पहलमा स्टार्टअप नेसनको अवधारणाको कार्यान्वयनसँगै देशभरका संघहरु, च्याम्बर लगायतका नीजि क्षेत्रको सामूहिक लगानीबाट करीव १० अर्बको लगानीले नेपाल डेभलपमेन्ट पब्लिक कम्पनी तयार भएको उहाँले जानकारी गराउनुभयो । उक्त पूँजीलाई २५ प्रतिशतको आधारमा कम्तीमा ४० अर्ब बराबर जलबिद्युत लगायत नेपालमा सम्भावना रहेका उद्योगहरुतर्फ लगानीको माहौल बनेको बताउँदै यस पब्लिक कम्पनीमा सबै उद्यमीहरुलाई जोडिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय प्रेम बहादुर महर्जनज्यूले प्रदेशका उद्योग व्यवसायीहरुको प्रमुख माग सम्बोधन गर्ने क्रममा हस्तकलाग्राम र स्वास्थ्य बिधेयक तयार भएको बताउनु भयो । प्रमुख रुपमा हस्तकलाग्रामको बिधेयक संसदबाट पारित हुनेमा बिश्वस्त रहेको बताउँदै उहाँले बिशेषतः ललितपुर जिल्लामा हस्तकला प्रवद्र्धनको नीतिगत व्यवस्थालाई पर्यटनसँग जोड्न सकिनेमा जोड दिनु भयो । यी दुई क्षेत्रलाई एकापसमा जोड्नाले परम्परागत कला सीपको नवप्रवर्तनमा प्रवद्र्धन र हस्तकला क्षेत्रको दीगो बिकाससँगै अन्तर्राष्ट्रिय हस्तकला पर्यटनको सम्भावनाले आर्थिक सम्बृद्धिको सामूहिक लक्ष्य प्राप्ति सहज हुने उहाँको धारणा थियो ।
कार्यक्रमका अतिथी ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य (आस्था)ज्यूले लउवा संघले तय गरेको स्थानिय बिकासकोलागि जिल्ला र महानगरको औद्योगिक सम्भावना, वास्तविक वस्तुस्थितिको दर्पण दिने अनुसन्धनात्मक पुस्तक प्रकाशनको लक्ष्य प्राप्तिको शुभकामना व्यक्त गर्नुभयो । महानगरले अद्यावधिक गर्दै आएका तथ्यांक लगायत आवश्यक सहयोग रहने बताउँदै यहाँका सम्भावित लगानीका क्षेत्र पहिचान गर्न सकेमा हस्ताकला नगरीका सीप तथा श्रोतहरुको प्रभावकारी परिचालन हुनेमा उहाँको जोड थियो । उद्योग व्यवसायबाट हुने राजश्व नै स्थानिय निकायको एक प्रमुख आर्थिक श्रोत भएको बताउँदै यस सम्बन्धित गुनासा तथा समस्याको दीर्घकालीन समाधानकासाथ करको दर भन्दा दायरा बढाउनेतर्फ संघसँग सहकार्य गर्न महानगर तत्पर रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा ललितपुर जिल्लाबाट यस वर्षको भएका निकासीकर्ताहरुमध्ये हस्तकला, उनी गलैंचा, तयारी पोशाक, निटवेयर, फेल्ट र पश्मिना निकासीतर्फका प्रत्येका क्षेत्रका उत्कृष्ट ३ उद्योगहरुलाई कदरपत्र सहित सम्मानित गरिएको थियो । त्यस्तै कार्गो सेवा तर्फ उत्कृष्ट ३ गरि कूल १३ कम्पनीहरुका साथै विविध तर्फ बिभिन्न उद्योग तथा सेवा कम्पनीहरुमध्ये निर्यात क्षेत्रमा योगदान पुर्याएका कूल ६ वटा उद्योग व्यवसायहरुलाई कदर पत्र सहित प्रमाण पत्र बितरण गरिएको थियो । कार्यक्रममा यस वर्षको उत्कृष्ट कमचारीतर्फ सहायक अधिकृत अष्टमाया महर्जन र कार्यालय सहयोगी राजेश महर्जनलाई नगद पुरस्कार सहित कदर पत्र प्रदान गरिएको थियो ।
संघका महासचिव भूमिनन्दन कर्माचार्यज्यूले संचालन गर्नु भएको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष सुसन महर्जनज्यूले दिनु भएको थियो ।
२०२३ चैत्र ४ गते स्थापित ललितपुर उद्योग वाणिज्य संघले ५७ औं वर्षमा प्रवेशको गर्विलो ईतिहास सहित निजी क्षेत्रको छाता संगठनको रुपमा ललितपुर जिल्लाको आर्थिक क्रियाकलापमा अग्रणी भुमिका निर्वाह गरिरहेको छ । जिल्लाका उद्योगी व्यवसायीहरुलाई एकीकृत र संगठित गरी उद्योग वाणिज्य क्षेत्रलाई चलायमान बनाउँदै व्यवसायीक हितमा केन्द्रित मात्र नभई व्यवसायीहरुको आराध्यदेव मानिएको भिमसेन मन्दिर पुननिर्माण समेत सम्पन्न गरी निर्वाह गरेको भूमिका अति प्रशंसनीय छ । उद्योग व्यवसायसंग सम्बन्धित नीति कानून निर्माणमा आफ्नो भूमिका खोज्दै स्थानीय सरकारसंग सहकार्य गर्दै जान संघहरुले काम गरुन भन्ने महासंघको चाहना अनुरुप लउवा संघले कार्य गर्दै आएको छ ।