इजरायलले प्यालेष्टाइनमा गरेको बालबालिका र मिहलाहरुको नरसंहार जातीय फासिवाद


असोज ४, २०८१, शुक्रबार | विहान १०:३० बजे | 70


इजरायलले प्यालेष्टाइनमा गरेको बालबालिका र मिहलाहरुको नरसंहार जातीय फासिवाद

भक्तपुर, ३ भाद्र । छोरी बुहारी समूह भनपा १० को आयोजनामा निरंकुश पञ्चायती सरकारले २०४५ सालमा रचेको भक्तपुर काण्डको स्मरण तथा भत्सर्ना कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष का.नारायणमान विजुक्छे(रोहित)को प्रमुख आतिथ्यतामा ललितपुरको कार्यबिनायकमा बनभोज सहित एक समारोह बीच विहिबार सम्पन्न भयो । 
कार्यक्रममा प्रमुख अतिथि रोहितले टाढा टाढा कार्यक्रम गर्नु धुमधामका साथै देशको भुगोलको अध्ययन, संगठन विस्तार र धर्म दर्शन हुने बताउनुभयो । उहाँले बनभोज बरपिपल र जंगलमा अक्सिजन अक्सिजनले स्वस्थ हुने बताउनुभयो । उहाँले इजरायलले प्यालेष्टाइनमा गरेको बालबालिका र मिहलाहरुको नरसंहार जातिय फासिवाद भएको बताउँदै उपत्यका आक्रमण गर्दा पृथ्वी नारायण शाहले नेवारहरुको नरसंहार गर्दा धेरै नेवारहरु सिक्किम, भुटानसम्म भागेर बसेकाहरु भएको बताउनुभयो । उहाँले उपत्यका भित्रका जनतालाई एक आपसमा झगडा लगाई शासक दलहरुले फुट गर राज गर नीति अपनाई रहेको बताउनुभयो । उहाँले अहिले पनि शासक दलले उपत्यकाको भक्तपुर, ललितपुर र काठमाण्डौं जोड्ने छोटोछोटो बाटो भएता पनि त्यस्ता बनाउन नदिई एकआपसमा मिले अरुले खेल्न नपाउने र उपत्यकाको दाजुभाइ मिलेर एकजुत हुने खतरा देखेको बताउनुभयो । उहाँले फाष्टट्रयाक र सुख्खा बन्दरगाहले हतियार समेत आउने भएकोले व्यारेक बस्ती भन्दा बीस किलोमिटर टाढा राख्नुपर्ने बताउँदै आवास योजनामा ठूलो ठूलो ट्रिपर संचालन गर्न दिनु हुँदैन भन्नुभयो । उहाँले भक्तपुरको १०८ रोपनी जग्गा सस्तोमा भक्तपुरका जनताको अधिग्रहण गरेकोले जनताको निम्ति विश्वविद्यालय खोल्न भक्तपुर नगरपालिकालाई दिनुपर्ने बताउँदै राम्रो काम छाल जस्तै फैलिने बताउनुभयो । उहाँले महाभुकम्प पछि अहिलेसम्म टहरामा जीउनुपर्ने अवस्था जनताको रहेकोले बताउँदै संघर्षबिना जीवन जीउन नसक्ने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघमा दर्ता भएको नेपाल भाषा(नेवारी भाषा) दमन दर्ता मातृभाषाबाट शिक्षा नपाउँदा जनजातिहरु पछाडि परेको बताउनुभयो । उहाँले अहिलेका राष्ट्रपति भएका व्यक्तिले भक्तपुरमा पर्यटन शुल्क उठाउन अवरोध गर्ने, विस्केटमा गोली काण्ड मचाई भक्तपुरका जनतालाई दबाउन खोजेको बताउँदै दुखको स्मरणले कमजोर हुने भएकोले खेलकुदमा संलग्न भई बलियो र स्फुर्ति बनाई आत्मसुरक्षाको लागि खेलकुद प्रयोग गुर्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुर काण्डमा गुप्तचरहरुले बालबालिकालाई पैसा दिई का.रोहितले ह्योजु मारेको बताउन लगाएको बताउदै नेमकिपालाई समुल नष्ट गर्न रचेको षडयन्त्र भएको बताउनुभयो । 
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य नारायण मर्हजनले सांस्कृतिक सम्पदा मासिने गरी ललितपुरको खोकनामा एैतिहासिक सिकाली जात्रा र त्योसंग जोडिएको सिकाली मन्दिर र तौदह समेत नष्ट हुने फाष्टट्राक सुख्खा बन्दरगाहलगायत १२ वटा योजना उक्त क्षेत्रमा ल्याएर त्यहाँका जनताहरुलाई विस्थापित गर्न खोजेको बताउनुभयो । उहाँले भारतीय विस्तारवादले सीमा अतिक्रमण गरिरहेकोले फाष्टट्राकले नेपाललाई सिक्किम बनाउने योजना भएकोले यसको विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले कम्युनिष्ट विचार अनुसार जनताको हितमा काम गरेकोले भक्तपुरको घट्नाले देश भरिका नेमकिपाका नेता कार्यकर्ताहरुको धरपक्कडले राज्यस्तरबाट रचेको षडयन्त्र प्रमाणित भएको बताउनुभयो । 
कार्यक्रममा प्रदेश सांसद सृजना सैंजुले भक्तपुर काण्डमा राज्यले दिएको दुःखमा आफन्तले सत्रुको व्यवहार समेत भएको भुक्तभागी कार्यकर्ताहरुले सुनाएको बताउँदै संगठनको निर्देशनमा देवता स्थान जाँदा पर्चा छर्ने, पौढ कक्षमा शिक्षा, राजनीति र नेतृत्वको विकास भएको बताउनुभयो । उहाँले महिलाहरुले भक्तपुर काण्डलाई संघर्ष रुपमा स्मरण गर्नुपर्ने बताउँदै महिला शिक्षा, स्वास्थ्य, आर्थिक रुपमा अगाडि बढेको बताउनुभयो । उहाँले महिलाहरुमा पुरुषहरुलाई भन्दा बयालीस थरी बढी रोग लाग्ने बताउनुहुदैँ विज्ञापनमा देखाउने खाने चिज स्वस्थ्थकर नभएको बताउँदै स्वच्छ र शुद्ध खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले स्वस्थ्थ हुन खानपान, कसरत र सुताई सबै सन्तुलन हुनुपर्ने बताउँदै हामी सामाजिक भए शारीरिक र मानसिक स्वस्थ्थ हुने बताउनभुयो । उहाँले चेतना, शिक्षा र सीप महिला उत्थानमा महत्वपूर्ण रहेको बताउँदै चीनले चेतना, सांस्कृति, सभ्यता र आविष्कारमा काम गरेकोले ५ बर्ष भित्र अमेरिकालाई उछिने संभावना रहेको बताउनुभयो । उहाँले विदेशीने समस्या समाधानको लागि विदेशमा सिकेको सीपले स्वदेशमा सेवा गर्ने र आदर निकेटनहरुको बन्दोबस्त गर्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रम छोरी बुहारी समुहका तारादेवी शाक्यको सभापतित्वमा भएको कार्यक्रममा राजवीर डंगोल, नरेश महर्जन, लक्ष्मी प्रसाद ह्यौमिखा, लक्ष्मी प्रसाद चवालले पनि बोल्नुभएको थियो ।  

फाेटाेमा हेर्नुहाेस्...

इजरायलले प्यालेष्टाइनमा गरेको बालबालिका र मिहलाहरुको नरसंहार जातीय फासिवाद

Comments