अन्ततः देश विदेशीको प्रयोगशाला हुनेभयो


असोज २, २०८१, बुधबार | दिउँसो ०२:५५ बजे | 60


अन्ततः देश विदेशीको प्रयोगशाला हुनेभयो

भक्तपुर असोज २ गते
अब नेपालीले चाहेर पनि विदेशी हस्तक्षेप रोक्न नसक्ने भएको हुदाँ यसको खास कारण एमसिसि सम्झौता रहेकाले यो सम्झौता तत्काल रोक्नुपर्ने अनि यसका लागि सम्पुर्ण देशभक्त नागरिक एक हुनुपर्ने तथा यो समझौताको खुलेर विरोध गर्दै यो सम्झौतालाई भित्र्याउने वर्तमान कथित गणतन्त्र भएकाले नागरिकहरु अब नागरिक विद्रोहमा आउनु पर्ने आजको एकमात्र राजनैतिक आवश्यकता रहेको कुरा वताईएको छ ।
उक्त कुरा स्वतन्त्र देशभक्त नागरिक स- चेतना अभियानका अभियन्ता तथा स्वतन्त्र देशभक्त नागरिक राजन कार्कीले अभियानको पुर्व घोषित कार्यक्रम अन्तरर्गत आज भक्तपुर नगरपालिका स्थित तिनढुङ्गे( सोर्हखुट्टे)मा आयोजित कोणसभालाई सम्बोधन गर्ने क्रममा वताउँनु भएको हो ।
कोणसभालाई सम्बोधन गर्दै कार्कीले अब पनि नेपाली नागरिक विउँझिएर यो आयातित विदेशीले नेपाल समाप्त पार्न लादीदिएको कथित १२ वुदेँको नामक वर्णशंकर ब्यबस्थाले नेपाल र नेपाली नागरिकको समुल अन्त हुने निश्चित भएको छ अतः यो ब्यबस्था कुनैपनि मूल्य चुकाएर भएपनि अन्त गर्न देशभक्त नागरिकहरु एकै मोर्चामा आउँन ढिला भईसकेको अपिल समेत गर्नुभयो ।
देशभक्त नागरिक र नेत्रृत्व एकै ठउँमा आउँन नसकि जुगाँको लडाई लडेर विदेशीहरुलाईनै सहयोग गरेकोमा आफुलाई आश्चर्य लागेको र यिनिहरुले पनि देश थामि खान नसक्ने ठोकुवा समेत गर्नुहुदै कार्कीले आम देश भक्त नागरिकहरु एकै ठाउँमा आएर अब सडकैवाट नेत्रृत्व तयार गर्न जोड पनि दिनुभयो ।
कार्यक्रममा अर्का अभियन्ता स्वतन्त्र राजनितिज्ञ तथा समाजसेवी निलनारायण कोजुले देश वास्तवमै विदेशीको चक्रव्यूहमा फसिसकेकाले यसवाट त्रार्ण पाउँन नेपाली नागरिकले नसक्ने हुन कि भन्ने आफुलाई शंका लागेको कतै यो शंका सत्यतामा पुग्ने होईन? भनी प्रश्न गर्दै दुखः ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वाँहाले राजा माहाराजाहरुले यो देश बनाई दिएको र उनिहरुको पालामा देशको सान/मान र इज्जत र नागरिक खुशी एंव शान्त सुखी रहेको तर ४६ साल पछि देश राजनैतिक पार्टीको नाममा विदेशीको मतियार भई देश र नागरिळाई धोका दिई पैसैमात्र कमाउँन उद्धित रहेको औल्याउँनु भयो ।
कोणसभामा कोजुले अवको एकमात्र विकल्प भनेको राजसंस्था सहित सनातनि हिन्दु अधिराज्यने निर्विकल्प शासन पद्धति रहेको र यसैले नेपसल र नेपाली जोगिने र हाम्रो ऐतिहासिक मर्यादा सान विश्वमान चित्रमा चन्द्र र सुर्य रहिन्जेल रहने विश्वास ब्यक्त गर्दे नागरिकलाई आन्दोलनमा तयारी गर्दै सडकमा आउँन आब्हान समेत गर्नुभयो ।
स्मरण रहोस अभियानले भक्तपुर क्षेत्रमा विगत लसमो समय देखि यो गणतन्त्रान्त्रिक ब्यबस्थाको विषयमा नागरिकलाई सचेत गराउँदै भन्डाफोर अभियान समेत गर्दै आईरहेको छ ।
कार्यक्रम निरन्तर दैनिक चोकचोकमा घरघरमा चौतारीमा चियापसल/ लगायत भुईमान्छे बेसाहरा नागरिक समेतलाई झक्झकाउदै लैजाने अभियानले जनाएको छ ।

Comments