भोलाछेंमा कोणसभा ः देशलाई विदेशीको दास वनाउँने प्रपंच हुदै


असोज १, २०८१, मङ्गलबार | दिउँसो ०३:०४ बजे | 100


भोलाछेंमा कोणसभा ः देशलाई विदेशीको दास वनाउँने प्रपंच हुदै

भक्तपुर । स्वतन्त्र देशभक्त नागरिक स– चेतना भभियानको पूर्व घोषित कार्यक्रमद्धारा आज भक्तपुर नपा–६ स्थित भोलाछेमा कोण सभाको आयोजमा गर्यो ।
कोणसभालाई सम्बोधन गर्दै स्वतन्त्र देशभक्त नागरिक अभियानका अभियन्ता स्वतन्त्र राजनैतिक विष्लेषक राजन कार्कीले अब देश विदेशीको अधिनिष्त हुन कसैले रोक्न नसक्ने वताउनुभएको छ ।
उक्त कुरा वहाले स्वतन्त्र देशभक्त नागरिक स–चेतनाको कोणसभामा वताउँनुभएको हो ।
हामीले धेरै गल्ती गरिसक्यौ र यी विदेशीवादको पछि लागेर देश सक्काउँने अभियानमा हामीले यी कथित विदेशीवाद काङ्ग्रेस कमनिष्ट वादहरुलाई सहयोग गरेकै हो, अब हामीले यसको सजाँय निकट भविश्यमै भोग्नेवाला छौ । अनि हाम्रो पश्चातापको आँसुले स्वयं हामीलाई खाने छ । देश सकिने छ, उनले भने । 
देश यस्तो अबस्थामा पुग्दा समेत वीर गोर्खालीका सन्तान यसरी मौन रहनु र यिनै विदेशीवादको पछि लाग्नु आफुलाई आश्चर्य लागेको कुरा वताउँनु हुदै वहाले कतै नेपाली समाज नै विघटन भएको त हैन नत्र किन फेरि मौन ? प्रश्न गर्नुभयो ।
कोणसभामा कार्कीले हाम्रो पुर्खाहरुले रगतसंग साटेको देश विश्व मानचित्रमा सधै अटल र स्वतन्त्र रहेको देश आज नेपाल हो भन्न पनि आफुलाई सरम लागेको विचार ब्यक्त गर्दै देश नागरिक जोगाउँने लगनले नेटो काटी सक्यो उठनुस र जाग्नुस तीन “र“ मा मात्र ध्यान नदिनुस÷भोलि छोरानातिले दिनहुँ गाली गर्ला ? यसैले अब तेस्रो आँखा खोली यी भष्मासुरहरुलाई भस्म गर्न जाग्नुस् भनी अपिल समेत गर्नुभयो ।
कार्यक्रममा अभियानका प्रमुख अभियन्ता स्वतन्त्र राजनितिक अभियन्ता निलनारायण कोजुले देश यतिखेर भष्ट्राचार कुशासन र वेथितिले गर्दा देशको ईतिहासनै समाप्त हुन लागेकाले अब सचेत नागरिकहरु यसरी यी कथित पार्टीहरुको र यो दलाली आयतित ब्यबस्थाको पछि लाग्न नहुने जिकिर गर्दै वाहाँले ६२÷६३ को आन्दोलनले आजको राजनैतिक अवस्था ल्यएको र यसले वनाएको संविऊान खारेज गरि ४७ सालको संविधानमा जानुको विकल्प मात्र रहेको स्मरण गर्दै यो संविधान विदेशी अनुकुल रहेको चर्चा समेत गर्नुभयो ।
कोण सभामा वाँहाले हाम्रो सनातनि मौलिक नेपाल र हाम्रो सामाजिक मान्यता ध्वस्त भै सकेकाले अब यसलाई हाम्रो जीवन पद्धतिमा ल्याउँनु पर्छ नभए देशको र हामी नेपालीको समुल अन्त अब धेरै टाँढा नरहेको हुदा नागरिक विद्रोहको विकल्प छैन ÷ एकपल्ट उठौ र देश र जनता जोगाउन कम्मर कसौ समेत भन्नुभयो ।
अभियानले विगत लामो समय देखि भक्तपुर जिल्ला क्षेत्रमा देश र नागरिकलाई विदेशीले एमसिसि मार्फद देश माथि धावा वोलिरहेको र मौजुदा ब्यबस्थाले यसलाई मलजल गरेको  तथा यो ब्यबस्थाले गरेको देश र जनताको हित विपरित विदेश मुखी कामको भन्डाफोर गर्ने जानकारी गराउँदै यसवाट सजग र सचेत हुन नागरिकहरुलाई आब्हान तथा नागरिक विद्रोहको लागी तयार रहन समेत गर्दै  अपिल गर्दैआईरहेको छ ।

Comments