मिसन ८४ मा हामी व्लु प्रिन्ट लिएर जनतामा जान्छौ
भदौ ३०, २०८१, आइतबार | विहान ०४:४९ बजे | 70
भक्तपुर, साउन ३०
राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्टिय भेला असोज १ र २ गते राजधानीमा हुने भएको छ । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले असोज १ र २ गते रास्वपाको राष्टिय भेलाको सन्दर्भ विषयमा आइतबार भक्तपुरमा गरेको अन्तरक्रियामा पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भेलामा मुख्य रुपमा अधिवेशनका विषयमा छलफल हुने जनाए । साथै मिसन २०८४ का विषयमा पनि व्यापक छलफल हुने उनले बताए । स्थानीय र संसदीय निर्वाचनमा पार्टीलाई बलियो रुपमा कसरी लाने भन्ने विषयमा छलफल हुने उनले बताए । त्यसका लागि देशलाई हामीले यस्तो बनाउन चाहेको भनेर खाकासहितका व्लु प्रिन्ट (नक्सा) लिएर जाने योजना रहेको उनले बताए ।
अन्तरक्रियामा पार्टीका सांसद एवं पूर्व मन्त्री डा तोसिमा कार्कीले आफूहरु शाशक हुन नभई जनताको सेवा गर्न राजनीतिमा आएको बताइन् । त्यसकारण अवको चुनावमा पार्टीलाई जिताउनुपर्ने उनले आवश्यकता औंल्याइन् । कार्यक्रम सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा अन्तरक्रियासमेत भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...