भक्तपुरमा भएको मुटु रोग सेवा किन नचलाएको ?


भदौ २९, २०८१, शनिबार | दिउँसो ०२:५७ बजे | 65


भक्तपुरमा भएको मुटु रोग सेवा किन नचलाएको ?

भक्तपुर । भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको मुटु रोग सेवा सुचारु नगरेको भन्दै शनिबार राति प्रदर्शन गरिएको छ । केन्द्रमा भइरहेको भ्रष्टाचार देख्न नसकेको भन्दै सवैलाई जानकारी दिन बाजागाजासहित भक्तपुर नगर परिक्रमा गरी प्रदर्शन गरिएको थियो । 
नागरिक सरोकार समाजको अगुवाईमा कार्यक्रम भएको थियो । कार्यक्रमअन्तर्गत सुरुमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरमा भेला भएको थियो । त्यहाँंबाट बाजागाजा बजाएर अगाडि व्यानर राखेर नगर परिक्रमा गरेको थियो । माइकबाट सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको भ्रष्टाचार कहिले देख्ने भन्दै माइकिंग पनि दिंदै गएको थियो । साथै पर्चाहरु पनि वितरण गरिएको थियो । 
वर्षाकावीच पनि सामूहिक प्लाष्टिक ओढेर प्रदशर्न गरेको थियो । ठूलो प्लाष्टिक लिएर ठाउँंठाउँंमा समाउन मिल्ने बनाइ प्रदर्शनले नगर परिक्रमा गरेको थियो । 
आयोजकमध्येका एकजना सुरेन्द्र श्रेष्ठले पानी परेकाले भक्तपुर नगर आधा मात्रै परिक्रमा गरेको बताए । साँंझ पांच बजेदेखि सुरु भएको प्रदर्शनले आधा नगर परिक्रमा गरेको थियो । वर्षाका कारण आधी नगर मात्रै परिक्रमा गरेको र भविष्यमा फेरि पनि यस्तो प्रदर्शन जारी राख्ने उनले बताए । 
प्रदर्शनमा सहभागी रामबाबु राईले यस विषयमा स्वास्थ्य मन्त्रीलाई पनि ज्ञापनपत्र दिन जाने कार्यक्रम रहेको जानकारी गराए । भोलि (आइतबार) का लागि समय लिएका छौं, उनले भने, हुन त अस्ति नै समय मिलेको थियो तर मन्त्रीज्यूको व्यस्तताले भेटन पाएनौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई आइतबार भेटेर समस्या अवगत गराउने योजना रहेको उनले सुनाए । 
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका मुटु, फोक्सो तथा नशा विभागका प्रमुख डा. सञ्जित शाह (हाल विभागीय कारवाहीमा रहेका) ले केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई हटाए मात्रै त्यहाँंको भ्रष्टाचार रोक्न सकिने बताए । डा. पुकारको संकीर्ण सोचका कारण मुटु सेवा हुँंदाहुँंदै पनि सेवाग्राही सुविधाविहीन भएको भन्दै करोडौं होइन, अर्बौंका सामान कुहाएर भ्रष्टाचार गरेको आरोप उनले लगाए ।
अस्पतालमा मिर्गौला, कलेजो, मुटु, फोक्सो तथा नशाको मुख्य सेवा भए पनि अहिले सुविधा मिर्गाैला र कलेजोको मात्रै भएको प्रदर्शनकारीहरुल्े जनाए । यही कारण धेरै भक्तपुरवासी हृदयघातबाट अकालमा ज्यान गुमाउन बाध्य भइरहेको उनीहरुले सुनाए । यही कारण यसलाई मृर्गाैला अस्पताल भनेर जनमानसमा प्रचलित छ । 
मृत्युपछि मानिसका आठवटा अंग प्रत्यारोपण गर्न सकिने तर यहाँं मिर्गाैला र कलेजको मात्रै प्रत्यारोपण भइरहेको चिकित्सकहरु बताउँंछन् । केन्द्र सञ्चालनमा आएको १२ वर्षमा औंलामा गन्न सकिने मानिसले मात्रै केन्द्रमा मुटुको सेवा पाएको बताइएको छ ।  
बाजागाजाको टोली केन्द्रको मुख्यद्वारबाट मुख्य–मुख्य बजार हुँंदै दरबार क्षेत्रमा पुगेको थियो । त्यहाँंबाट पुनः मुख्य बजार हुँंदै टौमढी पाँंचतल्ले मन्दिर पुगेको थियो । वर्षाका कारण नगर परिक्रमा गर्ने क्रम त्यहीबाट अन्त गरिएको थियो ।

Comments