सकियो दुईहप्ते नेपाल भाषा प्रचलित लिपि प्रशिक्षण


भदौ २८, २०८१, शुक्रबार | दिउँसो ०२:१२ बजे | 75


सकियो दुईहप्ते नेपाल भाषा प्रचलित लिपि प्रशिक्षण

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमिति तथा लघुवित्त तथा बचत समूह परिचालन उपसमितिको संयुक्त आयोजनामा दुईहप्ते नेपाल भाषा प्रचलित लिपि प्रशिक्षण तथा एकहप्ते अचार बनाउने तालिमको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सहकारीको सिद्धान्त अन्तरगतको सामाजिक सेवाको पालना गरी निरन्तर सिपमूलक तथा क्षमता अभिबृद्धि तालिम आयोजना गर्दै आएको जानकारी दिनुभयो । उहाँले तालिममा सहभागी मात्र भएर नपुग्ने तालिममा सिकेका सिपको निरन्तर अभ्यास गर्दै आफुले सिकेको सिप अरुलाई समेत सिकाउनु पर्नेमा जोड दिनुभयो । उहाँले जुन सुकै तालिममा सहभागी हुँदा प्रतिसपर्धि भावना राखि आफु अवल बन्न प्रयास गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष लाखाले युवा पुस्तामा नेपाल भाषाको ज्ञान घट्दै गएको प्रति चिन्त व्यक्त गर्नुहुँदै लिपिमा मात्र नभई आफ्नो मातृ भाषाको समेत ज्ञान सबैले राख्नुपर्ने भन्नुभयो । उहाँले भाषाले हामीलाई सभ्य बनाउने भएको हुनाले भाषामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले संस्थाका सदस्यहरु आर्थिक लाभ मात्र नखोजी संस्थाबारे नियमित जानकारीहरु रख्नुपर्ने भन्नुहुँदै सदस्यहरु सकृय भए संस्था पनि सफल बन्दै जाने बताउनुभयो । 
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं लघुवित्त तथा बचत समूह परिचालन उपसमितिका संयोजक रत्नश्वरी चवालले संस्थाका सदस्यहरुलाई सक्षम र आत्म निर्भर बनाउन निरन्तर सिपमूलक तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुहुँदै तालिमबाट सिकेका सिपले सदस्यहरु एक सफल उद्यमी बन्न टेवा पुग्ने बताउनुभयो । उहाँले संस्थाका तालिममा सदस्यहरुको सकृय सहभागीता रहे आगामी दिनहरुमा पनि तालिम आयोजना गर्न हौसला मिल्ने बताउनुभयो ।
कार्यक्रमका सभापति  संस्थाका सञ्चालक सदस्य एवं यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक रमेश दुमरुले सहकारी संस्था समुदायमा आधारित रहनुपर्ने बताउँदै संस्था आर्थिक कारोवारमा मात्र सिमित नभई समाजिक हितका निम्ति निरन्तर लागि रहेको बताउनुभयो । उहाँले प्रचलित लिपि प्रशिक्षणबाट पौरानिक नेपाल भाषामा लेखिएका शिला लेख तथा अन्य पुस्तकहरु पढ्न सक्षम बनाउने बताउनुभयो । उहाँले तालिममा सिकेका ज्ञानको निरन्तर अभ्यास गर्दा ज्ञान बृद्धि हुदै जाने र सिपमूलक तालिमका सिपको निरन्तर अभ्यासले एक सफल उद्यमी बन्न सक्ने  बताउनुभयोे । उहाँले हामीले कुनै पनि खाने परिकार तयार गर्दा जहिले पनि सरसफाईको ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सचिव प्रकाश प्रजापति, सदस्य कमल कोजु , प्रचलित लिपिका प्रशिक्षक किशोर गोसाई, अचार बनाउने तालिमका प्रशिक्षक उर्मिला श्रेष्ठ, प्रशिक्षार्थी सेफिना ग्वाछा र पुस्तिका दुवालले पनि बोल्नु भएको थियो ।     

फाेटाेमा हेर्नुहाेस्...

सकियो दुईहप्ते नेपाल भाषा प्रचलित लिपि प्रशिक्षण
सकियो दुईहप्ते नेपाल भाषा प्रचलित लिपि प्रशिक्षण
सकियो दुईहप्ते नेपाल भाषा प्रचलित लिपि प्रशिक्षण

Comments