भक्तपुर घरेलु तथा साना उद्योग संघले मनायो २८ औ स्वायत्तता दिवस


भदौ २८, २०८१, शुक्रबार | विहान ०४:४२ बजे | 85


भक्तपुर घरेलु तथा साना उद्योग संघले मनायो २८ औ स्वायत्तता दिवस

भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघले २०५३ भाद्र २७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी स्वायत्तता प्राप्त गरेको दिनको स्मरणमा प्रत्येक बर्ष भाद्र २७ गते विभिन्न कार्यक्रमहरु गरि स्वायत्तता दिवस मनाउन्दै आईरहेको शन्दर्भ यस बर्ष पनि संघका उद्यमी व्यवशायी तथा भक्तपुरका क्रियाशिल संघ एव बस्तुगत संघको सहभागीतामा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष श्री चन्दनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन गरियो । 
सो अवसरमा संघ परिचय सहितको बृतचित्र प्रस्तुत गरिनुका सथै संघको उद्देश्य अनुसार संघले गरिरहेका विभिन्न कार्यहरुबारे संघका अध्यक्ष प्रेम खर्बुजाले कार्यपत्र प्रस्तुत गर्नुभयो भने संघका निवर्तमान अध्यक्ष विरेन्द्र जतिले उद्योग व्यवशाय दर्ता नविकरण तथा दर्ता गर्दा हुने फाईदा एव प्रदेश ऐनहरुबारे जानकारी गराउनु भयो भने भक्तपुरको मौलिक उत्पादन जु जु धौ र ताईचिन बजि बिषयमा एमफिल गरिरहनु भएका भक्तपुर पर्यटन विकास समितिका कोषाध्यक्ष रमिला दुवालले नेवारी सस्कारमा जु जु धौ र बजीको महत्व सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि श्री चन्दनकृष्ण श्रेष्ठले संघ गठनको औचित्य र विगतमा संघले गरेका क्रियकलापबारे जानकारी गराउनुका साथै सामाजिक संस्थामा लाग्ने हो भने संघ प्रति खुराफात तथा संघमा राजनिति त्याग्नु पर्नु जानकारी गराउनु भयो । साथै प्रमुख अतिथि श्री श्रेष्ठले सवैको आ आफ्नै आस्थाका राजनितिक पार्टी होला तर संघमा प्रवेश गर्नुपुर्व बाहिर ढोकाबाट राजनिति त्यागेर आउनु पर्ने बताउनु भयो । 
नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिले भक्तपुरका लघु घरेलु तथा साना उद्योगहरुको उत्थानको लागि सवै उद्यमी व्यवशायीहरुको छाता संगठन एकजुट भई लाग्नु पर्ने बताउनु भयो भने नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समितिका बरिष्ठ उपाध्यक्ष रीता अवालले जिल्लाले केन्द्रसँग पनि सहकार्य गरी विभिन्न कार्यक्रम गर्न सक्ने बताउनु भयो । कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेश शर्माले भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समिति मिलेर गरि रहेको गो लोकल कार्यक्रम फुटटुरबारे जानकारी गराउनु साथै गो लोकल अन्तर्गतका उत्पादनहरुको कथा बनाउन तथ्थाङ्ग संकलन गरिरहेको र यस विषयमा अध्ययरत विद्यार्थीहरुलाई विभिन्न सुचनहरु प्रवाह गरी सहयोग गरिरहेको जानकारी गराउनु भयो भने काठमाण्डौ घरेलु तथा साना उद्योग संघका अध्यक्ष सीता कार्किले ७७ जिल्लामध्ये भक्तपुर अग्रणी भएको जानकारी गराउँदै भक्तपुर घरेलु तथा साना उद्योग संघको कार्यलाई अन्य जिल्ला संघले अनुसरण गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा भक्तपुर किराना तथा खाद्य व्यवशायी संघका अध्यक्ष कृष्ण प्रसाद चवाल भक्तपुर घरेलु तथास ना उद्योग संघ महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठ तथा संघका सचिव श्यामसुन्दर श्रेष्ठले लघु घरेलु तथा साना उद्योग विकासको लागि संघले गरिरेहेको योगदानबारे चर्चा गर्नु भयो भने संघका नयाँ सदस्यलाई प्रमुख अतिथि श्री श्रेष्ठले प्रमाण पत्र पनि वितरण गर्नु भएको थियो । कार्यक्रममा संघको २८ औ स्वायत्तता दिवसको उपलक्ष्यमा भक्तपुर हस्तकला आर्टका प्रोपाईटर विरेन्द्र माकज्यूले संघलाई मायाको चिनो पनि प्रदान गर्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर घरेलु तथा साना उद्योग संघले मनायो २८ औ स्वायत्तता दिवस
भक्तपुर घरेलु तथा साना उद्योग संघले मनायो २८ औ स्वायत्तता दिवस
भक्तपुर घरेलु तथा साना उद्योग संघले मनायो २८ औ स्वायत्तता दिवस

Comments